महिला दिवस मनाउँदा महिला नै विभाजित - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

महिला दिवस मनाउँदा महिला नै विभाजित



सिता डोटेल : पाल्पा (रामपुर)  । विश्वभर महिला एक होऔं भनेर १०८ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहँदा रामपुरमा भने नारीहरू एक भएनन् । नारामा उनीहरू बिश्वभर एक होऊ र महिला अधिकार सुनिश्चित गरौं भनेर उद्घोष गरिरहँदा रामपुर बेझाँडका छुट्टाछुट्टै २ स्थानमा महिला दिवसकै कार्यक्रम भएको थियो ।

रामपुर नगरपालिकाले नगरपालिका कार्यालयको अगाडि रहेको मञ्चमा १०८ औं अन्तराष्ट्रिय नारी दिवस मनाइरहँदा अखिल नेपाल महिला संघ रामपुरले नहर अफिसमा दिवस मनाएको हो । रामपुर नगरपालिकाले केही दिन देखि समन्वय गरि कार्यक्रम राखेको जनाएको छ ।
अखिल नेपाल महिला संंघ रामपुरका अध्यक्ष दुर्गा देवी रानाले कार्यक्रम गर्ने भनिए पनि कतिपय कुरामा समन्वय नभएकोले आफूहरूले छुट्टै कार्यक्रम गर्न बाध्य भएको बताइन् । अखिल नेपाल सहिला संघले बिगतमा पार्टी कार्यालयमा चियापान गरि कार्यक्रम गरेपनि यसपटक भने खुला स्थानमा नै कार्यक्रम गरेको थियो । एउटै बजारका २ स्थानमा महिला दिवसको कार्यक्रम हुँदा गाउँबाट दिवस मनाउन आएका आम महिलाहरू भने कताको कार्यक्रममा जाने भन्ने दोधारमा देखिन्थे ।

ब्यानरसहित पोसाकमा सजिएर दिवस मनाउन आएका महिलाहरू मध्ये कोही २ वटै कार्यक्रममा सहभागी भएका देखिन्थे । गाउँबाट आएका मात्र होइन सित्तिमिति बाहिर ननिस्कने बजारबासी बजारमा २÷२ पटक नारी दिवसको चर्काे नारासहितको ¥याली देखेपछि अचम्ममा परेका थिए । रामपुर नगरपालिकामा स्थानिय निर्वाचनमा नेपाली काँगे्रसले प्रमुख उपप्रमुख जितेको थियो ।

खुला रूपमा नगरपालिकाले पत्राचार गरी सबैले एक्यबद्धता जनाउँदा महिलाकै कुनै संस्थाले छुट्टै कार्यक्रम गर्नु नसुहाउँदो भएको बताइन् । सामाजिक व्यक्तिहरूले दुई स्थानमा कार्यक्रम गरिनुले राम्रो सन्देश नजाने चिन्ता व्यक्त गरेका थिए ।

बजार परिक्रमा गरि सभामा परिणत भएको कार्यक्रममा बोल्ने बक्ताहरूले महिला अधिकारका विषयमा चर्का भाषण गरेका थिए । गरपालिकाले कार्यक्रममा सधैभर ज्याला मजदुर गरेर जीवीका चलाएकी रामपुर ५ की वृद्ध चन्द्रकुमारी नेपालीलाई प्रमुख अतिथि गराई सम्मान गरेको थियो ।

कार्यक्रममा समाजसेवी देबराज ढकाल, रामपुर नगरपालिकाका प्रशासकिय अधिकृत यमेन्द्र उपाध्याय, ब्रह्माकुमारी बिश्व विद्यालय रामपुरका प्रमुख सरस्वती दिदी, नेकपा एमालेका नगर अध्यक्ष राजेन्द्र प्रसाद लम्साल, नेपाली काँग्रेसका नगर सभापति नेत्र प्रसाद भट्टराई, नेकपा माओबादी रामपुरका नगर अध्यक्ष यम बहादुर सुनार, नेपाल महिला संघ क्षेत्रिय सभापति बिष्णुमाया ढकाल, नगर स्तरीय महिला समितिको उपाध्यक्ष शिब कुमारी वाग्ले, अखिल महिला संघ क्रान्तिकारी अध्यक्ष बिमला ढकाल, दलित समन्वय समिति अध्यक्ष अर्जुन सुनार, उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष दुर्गा भटराई, नगरपालिकाका प्रवक्ता हुमनाथ न्यौपाने, काँग्रेस महाधिवेशन प्रतिनिधि सीता प्रधान, दलित समन्वय समिति जिल्ला सदस्य टीका सुनार लगायतले महिलाको अधिकार अबको सरकारले प्रत्याभुुति गर्नुुपर्ने बताएका थिए ।

अखिल नेपाल महिला संघको कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद रमा घर्तीले महिला हक अधिकारका लागि आफूहरू लाग्ने विश्वास व्यक्त गरिन् । प्रदेश नम्बर ५ क्षेत्र नम्बर १ क का सांसद युवराज खनाल, अनेमासंघ जिल्ला सदस्य सरस्वती भटराई, नेकपा माओबादी केन्द्रिय अधिबेसन आयोजक कमिटी सदस्य कमलाराज भट्टराई, रेडियो रामपुरका स्टेशन म्यानेजर बासुदेव ढकाल, प्रेस चौतारी जिल्ला उपाध्यक्ष बन्दना पोखरेल, अनेमासंघ सचिबालय सदस्य बिन्दु श्रेष्ठ, अनेमासंघ जिल्ला सदस्य इश्वरी खनालले महिला हक सबैले पाउनुपर्ने बताएका थिए ।

रूपन्देहीमा पनि ¥याली
१०८ औं अन्तर्राष्ट्रिय महिला दिवस, “आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरण, ग्रामीण तथा शहरी महिलाको जीवनस्तर रूपान्तरण” भन्ने राष्ट्रिय नारासँगै रूपन्देही जिल्लामा बृहत ¥यालीको आयोजना गरी सम्पन्न गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास मन्त्रालयका सचिव पुष्करराज पन्तले रिबन काटेर उद्घाटन गरी रूपन्देहीको सिद्धार्थ नगर नगरपालिका बुद्धचोकबाट सुरु भएको बृहत ¥याली देवकोटा चोकसम्म पुगेर कोण सभामा परिणत भएको थियो ।

रूपन्देही जिल्ला निमित्त प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीको अध्यक्षता, महिला तथा बालबालिका कार्यालय रूपन्देहीका प्रमुख शारदा बस्यालको स्वागत तथा रेडियो मुक्ति बुटवलका स्टेशन प्रमुख कल्पना तिवारीको सञ्चालनमा सम्पन्न कोण सभामा बोल्दै सभाका विशिष्ट अतिथि सिद्धार्थ नगरपालिकाका उप–प्रमुख उमा काफ्लेले अन्तराष्ट्रिय महिला दिवस मनाउन सुरुवात गरिएको इतिहासलाई प्रस्ट्याएकी थिइन् । हिजो अधिकारका लागि आन्दोलनमा होमिएका महिला दिदीबहिनीहरूको योगदानले आज संविधानमा महिलाका हक अधिकार सुनिश्चित गर्न सफल भएको र यसको कार्यान्वयनको लागि सबै महिला एकजुट भएर लाग्न पनि उनले आग्रह गरिन् ।

कोण सभा कार्यक्रममा सम्पूर्ण गैर सरकारी संघसस्थाको तर्फबाट महिला तथा बाल अधिकार सञ्जाल रूपन्देहीका संयोजक तथा नमुना एकीकृत विकास परिषदका अध्यक्ष ज्ञानु पौडेल, नेपाल पत्रकार महासंघ रूपन्देहीका उपाध्यक्ष निरु गौतमलगायतले शुभकामना मन्तव्य राखेका थिए । महिला तथा बालबालिका कार्यालय रूपन्देहीको आयोजना तथा अन्य दर्जन बढी संस्थको सहभागितामा कार्यक्रम भएको हो ।
यता, अखिल नेपाल महिला संघ रूपन्देहीले १ सय ८ आँै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश बुटवलमा मनाएको छ ।

महिला अधिकार र मुक्तिको पक्षमा वकालत गर्दै आएको अखिल नेपाल महिला संघले बुटवलमा नाराजुलुस सहित दिवस मनाएको हो ।
बुटवलको अस्पताल लाईनबाट महिला मुक्तिका विषयमा लेखिएका प्लेकार्डसहित निस्किएको महिलाहरूको जुलुसले बजार परिक्रमा गरी चाँदबारीमा सभाको आयोजना गरिएको थियो । सोही सभामा बोल्दै अखिल नेपाल महिला संघकी केन्द्रिय महासचिव सरस्वती पौडेलले गणतन्त्र आउँदा पनि महिलाहरूले अधिकार पाउन नसकेको बताइन् । संविधानले नै महिलाहरूलाई समिति अधिकार दिएकाले महिला अधिकारलाई वर्गिय मुक्ति आन्दोलनसँगै अगाडि बढाउनु पर्ने बताइन् ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका पूर्व महासचिव सन्तबहादुर नेपाली, रूपन्देहीअध्यक्ष वद्रे आलम, अखिल नेपाल टे«ड युनियन महासंघ अन्टुकका महासचिव लोकराज भुसाल, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघका केन्द्रिय अध्यक्ष ढुण्डीराज पौडेल, अखिल नेपाल युवक संघका गोविन्द खनाल, अखिल छैठौं रूपन्देही अध्यक्ष सरोजमान सिंह लगायतले बोल्दै महिला अधिकारका लागि वर्गिाय आन्दोलनमा आवश्यक रहेकोमा जोड दिएका थिए । संघकी रूपन्देही अध्यक्ष लक्ष्मी न्यौपानेको अध्यक्षता र लक्ष्मी कँुवरको सञ्चालनमा कार्यक्रम भएको थियो ।

पामिरमा पनि कार्यक्रम
पामिर इन्टरनेशनल एकेडेमी तिलोत्तमा–२, जानकीनगरले बिहीबार एक कार्यक्रमका बीच १०८ औं नारी दिवस मनाएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य विमला पन्थीले समाज विकास सँगसँगै महिलाहरू शिक्षित र चेतनशील बन्दै गैरहेको उल्लेख गर्दै विद्यालय तहबाटै महिला समानता र अधिकारबारे चेतना फैलाउनुपर्ने बताइन् ।

परिवर्तनको सुरुवात व्यक्ति आफैले घरबाट गर्नुपर्ने र राज्यले संविधानले व्यवस्था गरेअनुरूप विभेदमुक्त समाजको निर्माण गर्नुपर्नेमा जोड दिंदै उनले नारीलाई पनि समाजको एउटा शक्तिको रूपमा स्वीकार्ने वातावरणको निर्माण सबै मिलेर गर्नुपर्नेमा जोड दिइन् ।

महिलाको विकास र उत्थानबिना परिवर्तन असम्भव रहेको र यसका लागि युवा र विद्यार्थीले आफ्नो लक्ष्य राजनीतिलाई समेत बनाउनुपर्नेमा जोड दिंदै प्रदेश सदस्य पन्थीले हिंसाको विरुद्ध महिला र पुरुष मिलेर अघि बढ्नुपर्नेमा जोड दिइन् । तिलोत्तमा वडा नम्बर २ की महिला सदस्य देवी सापकोटाले महिलाहरू आरक्षणको साहारामा नभइ खुल्ला ढंगबाट प्रतिस्पर्धामा आउन सक्षम रहेको बताइन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन चापागाईले नेपालको राजनीतिक आन्दोलनमा महिलाहरूको योगदान रहेको भन्दै नारी शक्तिको सहयोगविना समृद्धि सम्भव नरहेको बताए । कार्यक्रममा विद्यालयका सहप्राचार्य गोपाल गौतम, शिक्षिका कालिका पराजुली, निर्मला ज्ञवाली, विद्यार्थी प्रतीक्षा खनाल, अन्जना गिरीलगायतले नारी दिवसको सन्दर्भ, नारी अधिकार, लैंगिक विभेद जस्ता विषयमा आ–आफ्नो धारणा राखेका थिए ।

महिलाहरू सम्मानित
१ सय ८ आंै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अखिल नेपाल महिला संघ क्रान्तिकारी रूपन्देहीले विहिवार श्रमजीवी महिला, शहिद परिवार र प्रदेशसभा सदस्यहरूलाई सम्मान गरेको छ ।

अनेमसंघ (क्रान्तिकारीले) श्रमको विभिन्न क्षेत्रमा कार्यरत ८ जना महिलाहरूलाई सम्मान गरेको हो । रेडियोकर्मी शारदा शाही, श्रमजीवी पत्रकार माया केसी, टेलिभिजनकर्मी सुमित्रा बाह्रघरे, व्युटिसियन इन्द्रा राना, साईकल मेकानिक्स निर्मला दुलाल, रिक्सा चालक गीता चापागाई, टेलरिङ व्यवसायी गोमा अधिकारी, श्रमिक राजकुमारी श्रेष्ठलाई सम्मान गरेको हो ।

त्यसैगरी जनयुद्धमा शहादत प्राप्त गरेका शहिदका परिवारलाई पनि सममान गरेको अध्यक्ष टिका वलीले जानकारी दिइन् । नीति निर्माणमा तहमा पुग्न सफल प्रदेश सांसदहरू, दामा शर्मा, दिपा विक र दधिराम न्यौपानेलाई सम्मान गरिएको थियो । सो अवसरमा रेडियोकर्मी शाही, श्रमजीवी पत्रकार केसी व्युटिसियन राना, साइकल मेकानिक दुलालले आफूहरूको सम्मानले श्रमको सम्मान भएको बताए ।

यसैबीच दिवसको अवसरमा आयोजना गरेको ‘महिला आत्मनिर्भरताको लागि रोजगार र व्यवसाय’ विषयक अन्तरक्रिया तथा सम्मान कार्यक्रममा प्रदेश सांसद तथा अनेमसंघ क्रान्तिकारीकी केन्द्रिय उपाध्यक्ष दामा शर्माले रोजगारीको ग्यारेण्टी राज्यको दायित्व भए पनि राज्यको मुख नताकी स्वयमले स्वरोजगारमुखी उद्यमशीलता गर्नु पर्नेमा जोड दिइन् ।

प्रदेश सभा सदस्य एवं माओवादी केन्द्र संसदीय दलका मुख्य सचेतक दधिराम न्यौपानेले आर्थिक समानता नभएसम्म महिला अधिकारको कुरा व्यर्थ रहने बताए । उनले पैतृक सम्पत्तिमा समान अधिकार स्थापित गर्दे आत्मनिर्भरताको बाटोमा अघि बढे मात्र महिला अधिकारको आन्दोलनले सार्थकता पाउने उनको भनाई छ ।

अन्तरक्रिया कार्यक्रममा प्रदेश सभा सदस्य दीपा विक, अनेमसंघ केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज भावना कोइराला, पूर्व सांसद सोनिया यादव, वाईसिएलकी केन्द्रिय उपाध्यक्ष पूजा कार्की, प्रेस सेन्टर नेपाल प्रदेश नं ५ का उपाध्यक्ष रुद्रहरि कुँवर, रूपन्देही उद्योग संघका अध्यक्ष गणेश अधिकारी, अनेमसंघकी जिल्ला अध्यक्ष टिका वली, सचिव टिका गौतम, लगायतले आ–आफूनो धारणा राखेका थिए ।