डल्फिन बुटवलकाे शैक्षिक मेला शनिबार - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

डल्फिन बुटवलकाे शैक्षिक मेला शनिबार



बुटवल । डल्फिन एजुकेशन कन्सल्टेन्सी प्रालिले बुटवलमा शैक्षिक मेला गर्ने भएको छ । शुक्रवार पत्रकार सम्मेलन गरि बैदेशिक अध्ययनमा जान चाहने युवापुस्तालाई लक्षित गरि वृहत शैक्षिक मेला – २०१८ गर्न लागिएकाे जनाएकाे छ । मेला फागुन २६ गते शनिबार बुटवलकाे क्लव डेनाेभाेमा बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म चल्नेछ ।

कन्सल्टेन्सीले पहिलाे पटक न्युजिल्याड र अष्ट्रेलियालाई मध्यनजर गरेर शैक्षिक मेला – २०१८ गर्न लागेकाे कन्सल्टेन्सीका संचालक तथा रेका नेपालका अध्यक्ष सुनिललाल जोशीले बताए ।

जोशीले अष्ट्रेलियाका १२ वटा र न्युजिल्याडका ३ गरि १५ वटा कलेज सहभागि हुने बताए । रुपन्देहीमा रहेका कन्सल्टेन्सीहरु बिचमा सद्भाब र एकता रहेको भन्दै लक्षित वर्गलाई सहि सुचना र सेवा दिनेगरि काम गरिरहेकाे बताए ।

युनिभर्सिटीबाट सहि सुचना एउटै स्थानबाट दिने गरि मेला आयोजना गरिएको हा् । मेलामा दर्ता भएका विद्यार्थीलाई निशुल्क प्रक्रियाका समाबेश गराईने तथा आईईएलटिएसमा ५० प्रतिशत छुट ,१० देखि ३० प्रतिशत स्काेलरसीप दिईने छ । मेलामा १ हजार विद्यार्थी सहभागि हुनेछन् । साेहि मेलामा बिट्रिस काउन्सीलले सहयोग पुर्याएकाे छ ।

अष्ट्रेलिया जानेमा नेपालको संख्या चौथो देशमा पर्ने गर्दछ यहाबाट करिब २५ हजार विद्यार्थी हरेक बर्ष अष्ट्रेलिया जाने गरेका छन् ।

साे अबसरमा रेका नेपालका सचिव मोहन घिमिरे ,बरिष्ट उपाध्यक्ष राेशन कडे‌ल,उपाध्यक्ष गाेबिन्दराज अधिकारी,रेका सदस्य निशानबाबु कार्की लगायतले बाेलेका थिए ।
डल्फिनका काठमाण्डौसहित पाच वटा स्थानमा शाखाहरु रहेका छन । डल्फिनले ष्ट्रेलिया,युएसए,न्युजिल्याण्ड,युके, क्यानडा, फिलिपिन्समा नेपाली विद्यार्थीलाई अध्ययनका लागि पठाउदै आएकाे छ ।