महिनावारी हुँदा यी खानेकुरा खानुहोस् कम हुनेछ दुखाई - Himal Post Himal Post
  • २९ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 12 2026
Logo

महिनावारी हुँदा यी खानेकुरा खानुहोस् कम हुनेछ दुखाई



एजेन्सी : महिनावारीको क्रममा महिलाहरुलाई दुखाईका साथै थुप्रै प्रकारको शारिरिक र मानसिक समस्या झेल्नुपर्ने हुन्छ। यदि यी दिनहरुमा खानेकुरामा ख्याल राख्ने हो भने यी समस्याबाट बच्न सकिन्छ। महिनावारी भएका बेला के खानुपर्छ वा श्रीमती र प्रेमिकालाई कस्तो खानेकुरा ख्वाउनुपर्छ भन्ने बारे यहाँ जानकारी दिइएको छ।

१. चकलेटः
चकलेटमा म्याग्नेसियम र एन्र्डोफिन्सका साथै क्याफिन र आइरन पाइन्छ। यसले दुखाईबाट राहत प्रदान गर्दछ, मूड राम्रो हुन्छ र ऊर्जा मिल्दछ।

२. ग्रीन टीः
यो पिउँदा रक्त संचार पेल्भिक एरियातर्फ हुन्छ। यसले मासंपेशीलाई आराम दिनुका साथै दुखाई कम गर्छ।

३. मेवाः
मेवामा क्यारोटिन, आइरन, क्याल्सियम र भिटामिन पाइन्छ जसले दुखाई र कमजोरीबाट राहत प्रदान गर्दछ । यसले पाचन प्रक्रियालाई पनि सक्रिय राख्छ।

४. केराः
यसमा पोटासियम, म्याग्नेसियमका साथै मेलाटोनिनजस्ता मिनरल्स पाइन्छ जसले मूड ठिक गर्दछ। यसका साथै दुखाई कम हुन्छ भने राम्रो निन्द्रा लाग्न सहयोग गर्दछ।

५. तातो दुधः
यसमा पाइने क्याल्सियम र मिनरल्सका साथै आइरनले दुखाई र कमजोरीबाट राहत प्रदान गर्दछ भने रगतको कमीलाई पनि टाढा राख्दछ।

६. ड्राई फ्रुट र बदामः
यसमा क्याल्सियम हुन्छ र यसले मासंपेशीलाई आराम प्रदान गरी दुखाईबाट राहत प्रदान गर्दछ । यसले प्रोबायोटिक्स डाइजेसन राम्रो राख्दछ।

७. हरियो सागसब्जीः
पालुङ्गो, मेथी, ब्रोकोली, बन्दाजस्ता तरकारीमा आइरन, म्याग्नेसियमजस्ता मिनरल्स र प्रचर मात्रामा भिटामिन पाइन्छ। यसले कमजोरी र रगतको कमीलाई टाढा राख्छ।

८. दहीः
यसमा क्याल्सियम हुन्छ र मांसपेशीलाई आरम प्रदान गरी दुखाईबाट राहत प्रदान गर्दछ। यसले पनि प्रोबायोटिक्स डाइजेसन राम्रो गर्दछ।

९. एलोभेरा जूसः
एक चम्चा एलोभेरा जूसमा एक चम्चा मह र पानी मिसाएर पिउँदा दुखाई, कमजोरी र उच्च रक्तश्रावबाट राहत मिल्छ।

१०. तुलसीः
यसमा पाइने एन्टी इन्फ्लामेटरी तत्वले दुखाई र कमजोरीबाट राहत प्रदान गर्दछ। पानीमा ६/७ तुलसीको पात उमालेर त्यसमा एक चम्चा मह मिसाएर पिउनुहोस्।

११. आलसः
यसमा ओमेजा थ्री फ्याटी एसिड पाइन्छ। भुटेको आलसलाई ब्रेकफास्टमा खाँदा महिनावारीको दुखाई टाढा भाग्छ।

१२. पाइन एप्पलः
यसमा ब्रोमलेन नामक एन्जाइम हुन्छ जसले मांसपेशीलाई आराम दिलाउँछ र दुखाईबाट राहत प्रदान गर्दछ।

१३. अदुवाः
यसमा पाइने एन्टी ब्याक्टेरियल र एन्टी इन्फ्लामेटरी तत्वले दुखाई र कमजोरी टाढा राख्छ। पानीमा अदुवा मिसाएर त्यसमा मह हालेर चिया जस्तै पिउनुहोस्।

१४. अण्डाः
अण्डामा प्रोटिन पाइन्छ। यसले महिनावारी हुँदा शरिरलाई चाहिने ऊर्जा प्रदान गर्दछ।

१५. माछाः
यसमा ओमेगा थ्री फ्याटी एसिड पाइन्छ । महिनावारीको क्रममा हुने दुखाईबाट राहत प्रदान गर्दछ।