लियो बर्ष ०१८/०१९ को उपाध्यक्षमा कंडेलको उम्मेदवारी(फोटो फिचर) - Himal Post Himal Post
  • १७ कार्तिक २०८१, शनिबार
  •      Sat Nov 2 2024
Logo

लियो बर्ष ०१८/०१९ को उपाध्यक्षमा कंडेलको उम्मेदवारी(फोटो फिचर)



विशाल पाण्डेय

लियो जिल्ला परिषद ३२५ बि २ नेपालका बर्ष २०१७/१८ का सचिब लियो सरोज कंडेल लाई एरिया ४ अन्तर्गतका सबै लियो क्लब ले आगामी बर्ष २०१८/१९ का लागी उपाध्यक्ष पदमा सर्बसम्मत उम्मेदवारी का लागी सिफारिस गरेको छ । लियो क्लब अफ बुटवल खस्यौली युथको आयोजनामा भएको एरिया ४  स्तरको भब्य बैठक बाट सो निर्णय गरिएको क्लबका अध्यक्ष मोहन न्यौपानेले बताए ।

एरिया ४ सम्योजक लियो अब्दुल साजिद को अध्यक्षतामा सम्पन्न सो बैठक मा प्रमुख अतिथी लियो जिल्ला परिषद ३२५ बि २ का पुर्ब अध्यक्ष सन्दीप कशौधनले अबिर तथा माला लगाइदिएर कंडेल लाई अग्रीम बधाई तथा आगामी कार्यकालको लागी शुभकामना दिएका थिए । पुर्ब जिल्ला परिषदका सचिब अर्चित श्रेष्ठले लियो क्लब मा आफ्नो क्लब स्थापना कालदेखी हाल सम्म सरोज कंडेल ले गरेको कामको प्रशंसा गर्दै  लियोहरुले सरोज कंडेल जस्तो उम्मेदवार उपाध्यक्ष को लागी पाउनु अहोभाग्य भएको बताएका छन ।

हाल आफ्नो कार्यकालमा जन सम्पर्क मा समेत उल्लेख्निय काम गरेका कंडेलको उम्मेदवारी अबको कार्यकालमा लियो को इतिहासमा सुनौलो अक्षरले लेखिने मा आफु बिश्वस्त रहेको बताउदै जिल्ला परिषदका जन सम्पर्क अधिकारी संजय सिंह के सि ले आगामी बर्ष लियो को कार्यकाल अझ द्रुत गतिले अगाडी बढ्ने बताए।

त्यस्तै बर्ष २०१३ /१४ बाट आफ्नो सामाजिक कार्यमा अग्रसर बनेका कंडेलले लियो लाई अगाडी बढाउन सक्दो प्रयास गरेको  र जिल्ला परिषद्को सुनौलो भबिश्यका निम्ती सदैब अग्रसर हुन आग्रह गर्दै यो उम्मेदवारीले लियो मा थप प्रेरणा मिलेको रिजन ८ का कोअर्डिनेटर सुदिप बेल्बासे ले बताए ।

“हामी सेवा गर्छौ ” भन्ने मुल उदेश्य लिएर समाजमा स्थापित लियो जिल्ला परिषद ३२५ बि २ नेपालमा हाल सचिब रहेका सरोज कंडेलले आगामी बर्षको लागी उपाध्यक्ष जस्तो गरिमामय पदमा उम्मेदवारी दिन लाग्नु भएको मा खुसी ब्यक्त गर्दै लियोको इतिहासमा पुनः नया अध्यायको शुरुवात हुने प्रमुख अतिथी सन्दिप कशौधन ले बताए ।

लियो क्लब अफ बुटवल खस्यौली युथका पुर्ब सचिब , अध्यक्ष हुदै रिजन ६ र एरिया ४ समेत सम्हालिसकेका हालका सचिब सरोजले आगामी चैत्रमा हुने लियो महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने एरिया ४ को अर्डिनेटर अब्दुल साजिद ले जानकारी दिए । आगामी कार्यकालको लागी उपाध्यक्ष मा सरोज कंडेल लाई अगाडी प्रस्तुत गर्ने सो बैठकको सन्चालन संस्थापक अध्यक्ष रमेश अर्याल ले गरेका थिए भने स्वागत अध्यक्ष मोहन न्यौपाने ले गरेका थिए ।