अन्तराष्टिय नारी दिवासमा विद्यालयद्धारा सम्मान  - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

अन्तराष्टिय नारी दिवासमा विद्यालयद्धारा सम्मान 



सैनामैना । १०८ औ अन्तराष्टिय नारी दिवासको आवसर पारेर श्री सिद्धार्थ मेमोरियल एकेडेमि स्कुलले नारीहरुलाई सम्मान कार्यक्रम गरेको छ ।

श्री सिद्धार्थ मेमोरियल एकेडेमि , विद्यालयमा अध्यपन गराउनु भएका शिक्षिका , विद्यालयमा कार्यरत महिला कर्मचारी , विद्यालय व्यवस्थापन समितिका महिला सदस्यहरुलाई सम्मान गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद ध्वजु को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख आतिथि अभिभावक भेषकुमारी क्षेत्रीले विद्यालयमा आउदा दिनहरुमा पनि विद्यालयले यस्तै खालका कार्यक्रम गरेर सम्पूर्ण दिवासहरुलाई मनाउनुपर्दछ भन्दै नारी दिवसको आवसरमा शुभाकामना दिएकी थिइन् ।

त्यस्तै बिध्यालयका प्रधानध्यापक भोजराज पौडेलले यसरी नारी दिवासको दिन सम्मान गर्न पाउदा हामी धेरै खुशी भएका छौ,विद्यालयमा कर्यरत सम्पूर्ण शिक्षिका ज्यूहरु महिला कर्मचारीहरुको आतुलानिय योगदानले गर्दँ आज यो विद्यालय यहासम्म आएको बताए ।  कार्यक्रममा सैनामैना ८ का वडा अध्यक्ष राम शारण न्यौपाने विद्यालय व्यवस्थापन समितिका सदस्य श्री सलिक राम पौडेल , रिम बहादुर श्रेष्ठ , सञ्चारकर्मी होमनाथ कंडेल ,र किस एफ.एमका प्रबन्ध निर्देशक कृष्ण भण्डारीले शुभाकमाना मन्तव्य दिएका थिए ।

उक्त कार्यक्रम बिध्यालयका शिक्षिका चन्द्रीका भट्टाराइको स्वागत मन्तव्य तथा शिक्षर्क बिष्णु प्रसाद आर्यलको सञ्चालनमा सम्पन्न भएको थियो ।