बोक्सी आरोपमा १८ वर्षिय किशोरीलाई कुटपिट
कैलाली । बिहिवार बिश्वभर १०८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनार्इरहदा यता कैलालीको घोडाघोडी नगरपालिका – ५ मा भने अन्दाजी १८ वर्षीय युुुुवतीलाई बोक्सीको आरोपमा निर्घात कुटपिट भएको छ ।
कैलालीको घोडाघोडी नगरपालिका -५ की अन्दाजी १८ वर्षीय (नाम परिवर्तन) रक्षा चौधरी लाई बोक्सीको आरोपमा स्थानीय तान्त्रिक गुरुवा राम बहादुर चौधरीले डेढ घण्टा सम्म निर्घात कुटपिट गरेको स्थानीयले बताएका छन् । उनको घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको छ ।