चीनमा सलमानको 'बजरंगी भाइजान'ले ५ दिनमा कमायो ७८ करोड - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

चीनमा सलमानको ‘बजरंगी भाइजान’ले ५ दिनमा कमायो ७८ करोड



नयाँ दिल्ली (एजेन्सी)– सलमान खान अभिनीत फिल्म ‘बजरंगी भाइजान’ले चीनमा जादु नै देखाएको छ।

प्रदर्शनमा आएको पाँच दिनमा फिल्मले ७८ करोड ४९ लाख भारु कमाइसकेको छ। यद्यपि ‘बजरंगी भाइजान’ले आमिर खानको ‘दंगल’ र ‘सिक्रेट सुपरस्टार’ को दाँजोमा व्यापार गर्न नसकेको बताइएको छ।
फिल्मको ५ दिने कमाइ हेर्ने हो भने एक सातामा फिल्मले १ सय करोड पार गर्ने देखिएको छ।

२०१५ मा रिलिज भएको फिल्म ‘बजरंगी भाइजान’ले चीन बाहेक यसअघि नै ३ सय २० करोडको व्यापार गरिसकेको छ। भारतमा रिलिज भएको ३ वर्षपछि चिनियाँ हलहरुमा फिल्म प्रदर्शनमा आएको हो।

चीनमा पहिलो पटक सलमानको फिल्म लागेकाले उनी चिनियाँ दर्शकका लागि डेब्यू अभिनेता हुन्। ‘बजरंगी भाइजान’ को राम्रो व्यापारले चीनमा आमिरपछि सलमानले राज खडा गर्ने देखिन्छ।