प्रदेश ५ मा डिसी मुख्य न्यायाधिवक्ता सिफारिस - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

प्रदेश ५ मा डिसी मुख्य न्यायाधिवक्ता सिफारिस



बुटवल । प्रदेश ५ को मुख्य न्यायाधिवक्तामा दाङका वरिष्ठ अधिवक्ता ठाकुर डिसी सिफारिस भएका छन् ।

संविधानको धारा १६० को उपधारा २ बमोजिम मुख्यमन्त्री शंकर पोखरेलले डिसीको नाम प्रदेश प्रमुख उमाकान्त झासमक्ष सिफारिस गरेका छन् ।

संवैधानिक व्यवस्थाअनुसार प्रत्येक प्रदेशका मुख्य न्यायाधिवक्ता महान्यायाधिवक्ताको मातहतमा रहन्छन् ।

मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले नियुक्ति गर्ने व्यवस्था छ । मुख्य न्यायाधिवक्ताको सपथको तयारी भइरहेको प्रदेश प्रमुखको कार्यालयका सचिव सनद दवाडीले जानकारी दिए ।