मापसेगरी कार्यालय आउने अधिकृतलाई कारवाही !
देउखुरी । लमही नगरपालीकावाट छिमेकी गाउँपालीका राप्तीको प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर ललीतकुमार थापा गएका थिए ।
लमहीमा रहदा पनि कार्यालय समयमा मादक पदार्थ सेवन गरेर पटक पटक विवादमा आए । तिनै थापाले आईतवार राप्ती गाउँपालीकाका लेखा अधिकृत धर्मराज वलीलाई कार्यकक्षमै दुब्र्येवहार गरे ।
प्रमुख प्रशासकीय अधिकृत थापाले कार्यालय समयमा मादक पदार्थ सेवन गरी आफुमाथी दुब्र्येवहार गरेको भन्दै वलीले जिल्ला प्रसासन कार्यालयमा उजुरी दिए ।
मादक पदार्थ सेवनगरी कार्यालय आउने प्रमुख प्रशासकीय अधिकत थापााई कारवाही प्रकृया अघि वढाउने निर्णय राप्ती गाउँकार्यपालीकाको वैठकले गरेको छ ।
सोमवार गाउँपालीकाका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा वसेको वैठकले प्रमुख प्रशासकीय अधिकृत ललीतकुमार थापालाई कारवाही प्रकृया अघि वढाउने निर्णय गरेको हो ।
यस्तै प्रमुख प्रशासकीय अधिकृत थापाको सिन्धुपाल्चोक सरुवा भएको स्रोतले दावी गरेको छ । कार्यालय समयमा मापसे गरेको विवादमा २४ घण्टे सरुवा पुर्जी आएको स्रोतले वताएको छ ।