वडामा निर्माणधिन बाटो भत्काउँन वडा सदस्य सक्रिय ! - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

वडामा निर्माणधिन बाटो भत्काउँन वडा सदस्य सक्रिय !



 कपिलवस्तु । स्थानीय सरकारबाट स्थानीयबासीले विकास निर्माणको अपेक्षा पक्कै गर्लान तर यहाँ भने स्थानीय सरकारकै जनप्रतिनिधि विकासको बाधक भएर खडा भएका छन ।

कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर २ मा निर्माणधिन बाटो भत्काउने गरि वडा सदस्य लागेपछि स्थानीयबासी आक्रोशित छन ।

बालापुर–सुन्दरीडाँडा सडकखण्ड अन्तर्रगत मंगोलियन टोल देखि बालापुर सम्म अहिले बाटो पक्की बनाउने काम धमाधम सञ्चालन भैरहेको छ ।

तत्काल बाटो पक्की बनाउँन पूर्व तयारी ( बाटोको वेस राख्ने) को काम अहिले जारी छ । बाटो पक्की बनाउँनु पर्ने भए पछि सोही बाटो हुँदै आवातजावत गर्ने सवारीसाधनलाई बैकल्पिक बाटोबाट गन्तव्यमा पु¥याउने काम गरिएको छ ।

तर वडाका निर्वाचित सदस्यले आफ्नो ट्याक्टर निर्माणधिन बाटो बनाउने स्थानबाट जवरजस्त प्रयोग गरेपछि स्थानीय आक्रोसित बनेका हुन ।

वडा सदस्यले नै ट्याक्टर गुडाए पछि स्थानीयले अरु सवारी साधनलाई रोक्न सकेका छैनन । वडा नम्बर २ का वडा सदस्य जैसराम यादवले निर्माणधिन बाटो भत्काउने गरि जवरजस्ति ट्याक्टर सञ्चालन गरेपछि बाटो भत्किन पुगेको स्थानीय झुमलाल न्यौपानेले बताए । ‘वडा सदस्यले बन्न लागेको बाटो भत्काउने गरि ट्याक्टर गुडाए न्यौपानेले भने, “अरु यातायातका साधन रोक्न सकेँनौ, बाटो भत्कियो ।”

वडा सदस्यले गरेको उक्त कार्यप्रति स्थानीयबासीले विरोध जनाएका छन । वडा सदस्य जस्तो अहोदामा रहेका व्यक्तिले बाटो बनाउँने काममा सहयोग गर्नुको साटो उल्टै भत्काउँदै हिडेपछि स्थानीय चकित गरेका छन । शिवराज नगरपालिकाबाट उक्त बाटो निर्माणका लागि भनेर ३७ लाख बजेट विनियोजन भएको बताइएको छ ।

उपभोक्ताबाट बाटो निर्माण गर्ने भनिए पनि उपभोक्ताले ठेकेदारलाई ठेक्का दिएका छन । आनन्द विल्र्डसले ठेक्का लिएको उक्त बाटो ६ सय ४० मिटर सम्म पक्की बनाउँनु पर्नेछ ।

राजनीतिक दबाबको आधारमा उपभोक्ताबाट ठेक्का पाएको आनन्द विल्र्डसले कमसल खालको काम गर्न थालेको स्थानीयको आरोप छ । ठेकदार स्वयमले वडा सदस्यले गरेको काम प्रति विरोध गर्नुको साटो उल्टै समर्थन गरेका छन ।

ट्याक्टर बाटोमा नहिडेर जंगलबाट हिड्छ, ठेकेदार प्रकाश न्यौपानेले प्रश्न गरे, “वडा सदस्यले गरेको काम राम्रो हो, स्थानीयले त्यसै विरोध गरेका छन ।”

यता स्थानीयले विरोध गरेपछि वडा सदस्य यादवले आफुले गल्ति काम गरेको स्विकार गरेका छन । म स्थानीय जनप्रतिनिधि हुँ, मैले गरेको काम प्रति स्थानीयलाई चित्त बुझेनु भने म यसको दोषि छु, यादवले अन्नपूर्ण संग भने, ‘अब यस्तो काम हुँदैन’ ।

बाटोको नजिक आफ्नो खेत भएको र मल लैजानुपर्ने भएको कारण ट्याक्टर चलाएको उनले स्विकार गरे । स्थानीयबासील ट्याक्टर नचलाउँन आग्रह गर्दा गर्दै जवरजस्ति चलाएका उनले चारैतिरबाट विरोध भएपनि स्विकार गरेको स्थानीय नेत्र केसीले बताए ।