महन्थ र तारादेवीले लिए ज्येष्ठ सदस्यको शपथ
अन्नपूर्ण : काठमाडौँ ।। राष्ट्रिय जनता पार्टी नेपालबाट निर्वाचित प्रतिनिधि सभाका जेष्ठ सदस्य महन्थ ठाकुर नेपाली कांग्रेसबाट राष्ट्रियसभाकी जेष्ठ सदस्य तारा देवी भट्टले राष्ट्रपति विद्यादेवी भण्डारीबाट ज्येष्ठ सदस्यको सपथ लिएका छन् ।
राष्ट्रपतिको कार्यालय शीत्तल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति भण्डारीले दुवैजनालाई ज्येष्ठ सदस्यको सपथ खुवाएकी हुन् ।ज्येष्ठ सदस्यकारुपमा ठाकुरले मैथिली भाषामा सपथ लिए भने भट्टले नेपाली भाषामा सपथ लिइन् ।
उनीहरु दुवैले आजै ४ बजे नयाँ बानेश्वरस्थित संघीय ससद भवनमा हुने सपथ कार्यक्रममा अन्य सांसदहरुलाई शपथ खुवाउने छन् । यसअघि महेन्द्र राय यादवले ज्येष्ठ सदस्यको शपथ खुवाउने बताइएको थियो । नागरिकतामा ८० वर्षको उल्लेख भए पनि वास्ताविक ६३ वर्षमात्रै उमेर भएपछि पाँच दलले उनलाई पछि हट्न लगाएर ७५ वर्षीय ठाकुरलाई ज्येष्ठ सदस्यकारुपमा सपथ खान राष्ट्रपतिकहाँ पठाएका हुन् ।
संसद सचिवालयले भने ठाकुर बिरामी भएकाले सांसदको शपथमा उपस्थित हुन नसक्ने जानकारी गराएको थियो ।