एमाले पाटिले लखेट्दा काङ्ग्रेसले साथ दियो :पुर्ब मन्त्री राठौर - Himal Post Himal Post
  • १७ कार्तिक २०८१, शनिबार
  •      Sat Nov 2 2024
Logo

एमाले पाटिले लखेट्दा काङ्ग्रेसले साथ दियो :पुर्ब मन्त्री राठौर



उमेश थापा / बौनिया ,कैलाली ।।

पुर्ब मन्त्री माननीय मोहनसिंह राठौरले एमाले पाटिलाई ब्यक्ती बादी र नातावाद पाटिको संज्ञा दिएका छन । आफू एमाले पाटिमा ईमान्दार भइ लाग्दा लाग्दै पनि पाटिले नातावाद र ब्याक्तीबादि सिद्धान्त अंगालेको आरोप लगाएका छ्न ।

एमाले पाटिले धोका दिएकोले , सहि समयमा नेपाली काङ्ग्रेसले आफुलाई साथ दिएकोले कैलाली क्षेत्र न:- २ नेपाली काङ्ग्रेस बाट प्रतिनिधि सभा सदस्य चुनाब लडेको समेत बताउनुभएको छ। चुनावी खेलमा हार जित निश्चित भएकोले यसलाई सहज रूपमा समेत लिएको बताएका छन।

मन्त्री राठौरले बौनियामा रहेको कोसेली एफ• एममा पत्रकार लिलाजङ्ग शाही संग शनिबार अन्तरबार्ता दिदै यस्तो कुरा खोलेका हुन। आफ्नो कार्यकालमा यस क्षेत्रको बिकासका लागि थुप्रै प्रयास गरेको बताएका छ्न। राठौरले आफ्नो मन्त्री कार्यकालको प्रसंग जोड्दै तस्वीर आफै बोल्छ भन्दै बिकासका कुरामा मैले के कति काम गरे त्यो यस क्षेत्रका जनताले मुल्यांकन गरेका बताउनुभएको छ।

राठौर कैलाली क्षेत्र नं २ नेपाली काङ्ग्रेस प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार समेत हुनुहुन्थ्यो । मन्त्री राठौरले एमालेका नेता झपट रावल संग झिनो मतान्तरलले पराजय बेहोर्नुपरेको थियो।