बौनिया जेसिजको होलिमिलन तथा शुभकामना कार्यक्रम सम्पन्न  - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

बौनिया जेसिजको होलिमिलन तथा शुभकामना कार्यक्रम सम्पन्न 



उमेश थापा / बौनिया , कैलाली ।।

बौनिया जेसिजको होलि मिलन तथा सुभकामना आदानप्रदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। बौनिया जेसिज बर्ष २०१८ का अध्यक्ष जनक बिस्टको अध्यक्षयतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष लिला जंग शाहिले होलिको सुभकमाना दिदै होलि पर्वले आपसी मितब्यायिता , सम्बन्धमा बैचारिक एकता, भाईचाराको भवाना प्रगाड हुने बताउनुभएको छ। त्यस्तै बर्ष २०१७ का कार्यकारी महासचिब ईन्द्रराज खतिवडाले सुभकामना दिदै , होलि रंगको पर्व भएकाले सबैका अनुहारमा रंग जस्तै चमक चम्काउन पनि यस होलि मिलन तथा सुभकामना कार्यक्रमले एउटा ईट्टाको भुमिका खेल्ने वताउनुभएको छ ।
कार्यक्रममा बौनिया जेसिज बर्ष २०१७ का अध्यक्ष कृष्ण बिस्ट, बौनिया जेसिज २०१५ का अध्यक्ष गणेश बिस्ट, बौनिया नोबेल एकेडेमीका संस्थापक सुरेश खड्का लगाएतकाले सुभकामना मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन बौनिया जेसिज बर्ष २०१८ का कार्यकारी महासचिव दिनेश भण्डारीले गर्नुभएको थियो ।