मदिरामा लठ्ठ नापी र मालपोत कार्यालय कैलालीका ६ जना कर्मचारी प्रहरीको नियन्त्रणमा
धनगढी, कैलाली ।। सेवाग्राहीको सबैभन्दा बढी भीडभाड हुने नापी र मालपोत कार्यालय कैलालीका ५ जना कर्मचारी प्रहरीको खोरमा परेका छन भने एकजनाको हात भाँचिएर अस्पतालमा भर्ना भएका छन । नापी कार्यालय र मालपोत कार्यालय कैलालीमा कार्यरत नविन जोशी, सागर कुँवर, पुर्णानन्द भट्ट, महादेव जोशी, विरेन्द्र सिह र ज्ञानेन्द्र ओझा मदिराको नसामा लठ्ठ भेटिएपछि प्रहरीले पक्राउ गरेर जिप्रका पुगाएको छ ।
जिल्ला मातपोत कार्यालय कैलालीको परिषरमै दिउसैबाट मदिरा सेवन गरी आपसमा विवाद गर्न थालेपछि ६ जनालाई नै प्रहरीले नियन्त्रणमा लिएको छ । उनिहरुलाई वियरका बोत्तल सहित वडा प्रहरी कार्यालयले पक्राउ गर्दै जिल्ला प्रहरी कार्यालयमा बुझाएको हो । मदिरा सेवन गरी हो–हल्ला गर्न थालेपछि स्थानियले वडा प्रहरी कार्यालय कैलालीलाई खवर गरेका थिए । वडा प्रहरी कार्यालयले ६ जनालाई नै पक्राउ गरी सेति अञ्चल अस्पताल पुगाएको ६ जनाले नै अत्याधिक मदिरा खाएको भेटिएको अस्पतालले जनाएको छ ।
पक्राउ परेका मध्ये पुर्णानन्द भट्टको बाँया हात टुटेकाले सेती अञ्चल अस्पतालमा उपचार भईरहेको छ भने उनी बाहेकका ५ जना जिप्रका पुगाईएका छन । मदिरा सेवन गरी लठ्ठ भएका कर्मचारीहरु विच आपसमा विवाद र सामान्य हातपात समेत भएका कारण हात टुटेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । तर प्रहरीले अनुसन्धान भईरहेकाले अहिले नै केहि भन्न नमिल्ने जनाएको छ ।
५ जनालाई जिल्ला प्रहरी कार्यालयमा राखीएकोमा सोधपुछ गर्दा सबै मदिरामा लठ्ठ भएकाले कोहि केहि नबोलीरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक सागर बोहराले बताउनुभयो । उहाँले उनिहरुसंग सोधपुछ जारी रहेकाले छानविन गरी कारवाहीको प्रक्रिया अगाडी बढाउने बतानुभयो ।साभार: दिनेश खबर