रुखबाट लडेर ३० वर्षिया महिलाको मृत्यु - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

रुखबाट लडेर ३० वर्षिया महिलाको मृत्यु



इलाम । माइजोगमाई गाउँपालिका–४ मा रुखबाट लडेर एक जना महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३० वर्षीया दिलमा राई रहेको प्रहरीले जनाएको छ।

मंगलबार राति करिव पौने ११ बजे घर नजिकैको जंगलमा रहेको खिर्राको रुखमा रहेको अरिङगाल झार्न छोरा र छिमेकीसहित गएकी राई रुखमा चढेको अवस्थामा अरिङगालले टोकेपछि लडेको थिइन्।

उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक विपिन कर्मचार्यले जानकारी दिए। घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।