राष्ट्रियसभा र प्रतिनिधिसभाको भ्रष्टाचार हेर्ने कसले नि ? - Himal Post Himal Post
  • २३ पुष २०८१, मंगलवार
  •      Tue Jan 7 2025
Logo

राष्ट्रियसभा र प्रतिनिधिसभाको भ्रष्टाचार हेर्ने कसले नि ?



काठमाडौं । राष्ट्रियसभा र प्रतिनिधिसभाको हल, मेच, साउण्ड सिस्टम र माइक व्यवस्थापनमा करोडौंको भ्रष्टाचार भएको समाचार छ ।

स्रोतका अनुसार लागतभन्दा अधिक मूल्यमा सामान किन्ने, फिटिङ गर्ने र हतार भो भन्दै सार्वजनिक खरिद नियमावलीसमेत उल्लंघन गरेर खर्च गरिएको छ ।

राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक व्यवस्थापनमा जुन भ्रष्टाचार भएको छ, त्यो हेर्ने निकाय कुन हो ?
यतिमात्र होइन, राष्ट्रिय सभाको साउण्ड सिस्टम फिट गर्ने ठेकेदारलाई अग्रिम रुपमा लाखौं रकम कमिशन माग गर्दा होहल्ला नै भएको छ ।

टेण्डर प्रक्रिया त गरियो तर संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाका उच्चाधिकारीले लाखौं रकम कमिशन पहिले नै चाहिन्छ भनेको सूचना लिक भएपछि सभासदहरु नै चकित परेका छन् ।

खरिद सहसचिव राजेन्द्र पाण्डे र उनका मातहतका कर्मचारीले कमिशन मागेको ठेकेदार लोटस इन्टरप्राइजेजले खुलेआम बताइदिएका छन् । कसले कारवाही गर्ने ? न्युज अभियानबाट