श्रीङ्खलाबद्ध हत्याको बिरोधमा पुर्नवासमा चक्काजाम - Himal Post Himal Post
  • २३ पुष २०८१, मंगलवार
  •      Tue Jan 7 2025
Logo

श्रीङ्खलाबद्ध हत्याको बिरोधमा पुर्नवासमा चक्काजाम



धन बहादुर बिक / पुनर्वास , कञ्चनपुर ।। 
जिल्लाको दक्षिणी क्षेत्र पुनर्वासमा विगत एक बर्ष यता श्रीङ्खलाबद्ध रूपमा तिनवटा हत्या हुदा पनि सम्बन्धित प्रशासनले हत्यामा संलग्न दोषी पत्ता लगाउन नसकेको बिरोधमा पुनपा १० र ११ का स्थानीयले धनगढी पुनर्वास जोडने दोंदापुल मा दुई दिन देखि बिरोध स्वरूप चक्काजाम गरेका थिए भने गाउले हरूले हत्यारा पत्ता लगाउनु संगै सुरक्षा को प्रत्याभूति गराउन माग गरेका छन ।

बिहिवार बाख्रा चराउन जंगल गएकी पुनपा ११ भिमबस्ति कि ६८ बर्षिय पानमति धामि लाई अज्ञात व्यक्ति द्वारा धारिलो हथियार प्रयोग गरि हत्या गरियको थियो भने धामिको शुक्रबार बिहान पुनपा १० र ११ को मध्यभागमा रहेको सिद्ददेबि मन्दिर देखि करिब २ कि. मि. जंगलमा मृत अवस्थामा शव फेला परेको थियो ।

यस अघि पनि सोहि मन्दिर परिसर मा अाश्रम गरि बस्ने ७९बर्षिय माताको र गत मंसिर १९गते सोहि गाउँका लालसिंह धामि को हत्या भएको थियो ।

यसरि बढ्दै गईरहेको श्रीङ्खलाबद्ध हत्याका कारण पुरै गाउँ त्रसित बनेको छ भने एउटै गाउमा तिन तिन वटा हत्या हुदा पनि प्रहरी प्रशासनले हत्यारा पत्ता लगाउन नसक्दा स्थानीयले दोदापुलमा चक्काजाम गरि प्रहरी प्रशासनको चर्को बिरोध गरि अालोचना गरेका छन ।

दोदापुलमा भएको जाम खुलाउन गएका पुनर्वास नगरपालिका का प्रमुख जिबनराज थापालाई गाउले हरूले यथासिघ्र हत्यारालाई पत्ता लगाउनु पर्ने , सम्बेदनसिल पुनपा १०/११ को मध्ये भाग मा अस्थायी प्रहरी चौकी राखिनु पर्ने , शान्ति सुरक्षा कायम गरिनु पर्ने , सो क्षेत्रमा नियमित सुरक्षा गस्ति गरिनु पर्ने ,हत्यारालाई कानुनको दायरामा ल्याई कडा कार्वाहि गरिनु पर्ने लगायतका बिषयमा करिब दुईसय जनाको हस्ताक्षर सहित अाठ बुदे ज्ञापनपत्र बुझाएका छन अाईतबार नै नगरप्रमुख थापा र उप प्रमुख सारदा बिष्टले बृद्ध मारिको घटनास्थल पुगि अवलोकन गरेका थिए ।

श्रीङ्खलाबद्ध हत्यामा संलग्न अभियूक्त ले सरकारि सुरक्षा व्वस्थालाई चुनौति दिदै बर्ष दिनमै पुनपा १०र११ मा तिन तिन वटा निर्दोष गाउलेको बिभत्स हत्या गर्न सफल भएको मा प्रहरि प्रशासन को तिब्र अालोचना गर्न थालिएको छ