ओखलढुंगामा आमाको पेट भित्रै ट्यूमर भएको अनौठो शिशुको जन्म - Himal Post Himal Post
  • १७ कार्तिक २०८१, शनिबार
  •      Sat Nov 2 2024
Logo

ओखलढुंगामा आमाको पेट भित्रै ट्यूमर भएको अनौठो शिशुको जन्म



ओखलढुंगा ।। सिद्धिचरण नगरपालिकाको ओखलढुंगा सामुदायिक अस्पतालमा आमाको पेट भित्रै ट्यूमर भएको अनौठो शिशुको जन्म भएको छ । मानेभन्ज्याङ गाउ“पालिका–४ केत्तुकेका लक्ष्मण गुरुङ र विपना गुरुङको पहिलो सन्तान (छोरी) को टाउको तथा अनुहारमै ट्यूमर भएको अनौठो शिशु जन्मिएको हो ।

शिशुको टाउकोको दाया“ तर्फको आकार निकै ठूलो छ । एउटा आ“खा, नाक र मुख नै देखिँदैन । २ किलो ७ सय ग्राम तौल भएको शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । आमाको दुध तान्न नसक्ने भएकाले अहिले शिशुलाई इन्कुवेटरमा पाईप मार्फत आमाको दुध खुवाएर राखिएको छ ।

अहिलेको अवस्था हेर्दा बच्चालाई आमाको पेटभित्रै ट्यूमर भएको अनुमान चिकित्सकले गरेका छन् । उनलाई केही दिन बढ्न दिएर थप परिपक्व भएपछि काठमाडौं रेफर गरिने अस्पतालका चिकित्सक (एमडिजिपी) संजय पोख्रेलले जानकारी दिनुभयो ।

डा.पोख्रेलका अनुसार उनको सिटिस्क्यान पछि ट्यूमर हो या होइन भन्ने थाहा हुन्छ । यदि ट्यूमर हो भने बाल विशेषज्ञ सर्जनमार्फत शल्यक्रिया गर्न सकिने पनि पोखरेलले बताउनुभयो ।

चिकित्सकका अनुसार यसलाई जन्मजात शारिरिक अपाङगता भनिन्छ । यस्तो शिशु जन्मिनुका मूख्य चारवटा कारणहरु हुन्छन् ।

ढिलो उमेरमा आमाले बच्चा जन्माउनु ।हाडनाताको सम्बन्ध ।गर्भावस्थामा जथाभावी औषधीको प्रयोग ।गर्भावस्थामा भिटामिन (फोलिक एसिड) को कमी हुनु । यी कारणहरुले यस्तो हुने सम्भावना बढी हुने डा.पोख्रेलले जानकारी दिनुभयो । शिशुको आमा विपना २९ वर्षकी हुनुहुन्छ ।