सरकारी बिद्यालय सरह मदरसालाइ पनि सेवा सुबिधा देउ - Himal Post Himal Post
  • २३ पुष २०८१, मंगलवार
  •      Tue Jan 7 2025
Logo

सरकारी बिद्यालय सरह मदरसालाइ पनि सेवा सुबिधा देउ



निरु गौतम
लुम्बिनी ।सरकारी बिद्यालय सरह मदरसालाइ पनि सेवा सुबिधा दिन मुस्लिम अगुवाहरुले माग गरेका छन् ।
लुम्बिनीकोे तेनुहवा स्थित मर्कजुत्तालीम वद्धावह अल इस्लामिया मदरसामा मुस्लिम समाजले आइतबार आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै मुस्लिम अगुवाहरुले इस्लामिक शिक्षालाइ सरकारी शिक्षा सरह मान्यता नहुदा मदरसामा पढेका बिद्यार्थिहरुको भबिष्य अन्यौलमा परेको भन्दै तुरुन्त नया निति बनाएर समस्या सम्बोधन गर्न आग्रह गरे ।

उनिहरुले सरकारी बिद्यालय सरह मदरसालाइ पनि सेवा सुबिधा दिन माग गरे । सरकारले मुस्लिमहरुलाइ सम्मानजनक ब्यबहार नगरेको भन्दै समान ब्यबहार गर्न अनुरोध गरे । मुस्लिम अगुवाहरुले मदरसामा मुस्लिम धर्मको मात्रै तालिम दिइन्छ भनेर गलत नजरले हेर्नेगरीएको भन्दै मदरसामा अध्ययन गरेका बिद्यार्थिले जुनसुकै सरकारी बिद्यालयका बिद्याथीसंग प्रतिस्पर्धा गर्नसक्ने बताए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराइले मदरसामा मुस्लिम बिद्यार्थिलाइ धर्मको ज्ञानमात्रै दिइन्छ भन्ने भ्रम चिर्न मदरसाले गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताए । नेपालको शिक्षा क्षेत्रमा सुधारको खाचो औल्याउदै सरकारले अब सबै शैक्षिक निकायलाइ समान दृष्टिले हेर्नुपर्ने बताए । उनले लुम्बिनी क्षेत्रको बिकास र मदरसाको शैक्षिक स्तर उन्नतीका लागि आफुले बिशेष पहल गर्ने बताए । कुनैपनि बालबालिका शिक्षाबाट बञ्चित नहुन भन्नका लागि सरकारले गाउ गाउमा अभियान चलाउने बताए ।

बिधायक तुल्सी चौधरीले इस्लामिक शिक्षाको गुणस्तर र स्तरउन्नतिका लागि प्रतिबद्ध रहेको बताए । उनले लुम्बिनी आसपासका क्षेत्रहरुके बिकास नहुदासम्म लुम्बिनीको बिकास नहुने भन्दै सबै क्षेत्र र भाषाभाषीको बिकासका लागि योजनाबद्ध तरीकाले लागिपर्ने जनाए ।

कार्यक्रममा अर्का बिधायक फकरुद्धिन खानले मुस्लिमहरुको हक अधिकारका लागि सबै एक हुनुपर्ने बताए । मुस्लिमलाइ अगाढि बढन नदिन बिभिन्न क्षेत्रबाट समय समयमा गलत प्रचार हुने गरेको भन्दै यसतर्फ सबै सचेत हुन आग्रह गरे । लुम्बिनीमा मुस्लिम समुदायको बाहुल्यता भएर लुम्बिनी बिकास कोषमा कहिल्यै प्रतिनिधित्व नहुनु बिडम्बना भएको बताए ।

कार्यक्रममा मुस्लिम गठबन्धनका रास्ट्रिय अध्यक्ष समिम अन्सारीले सरकारले मुस्लिम समुदायलाइ अपहेलना गरेको आरोप लगाए । राज्यका स्रोत साधनमा मुस्लिम समुदायको पहुच नभएको भन्दै अब पनि यस्तै भइरहे मुस्लिमहरु प्रतिकारमा उत्रीन बाध्य हुने चेतावनी दिए ।

कार्यक्रममा बोल्दै मर्कजुत्तालीम वद्धावह अल इस्लामियाका प्रधानाध्यापक जलालुद्धिन मुसलमान ,मुस्लिम अगुवाहरु इन्साफ मुसलमान,जीयाउद्धिन मुसलमान,अब्दुल कलाम, मो नसीम मदनी लगायतले मदरसाबाट अध्ययन गरेका कैयौ ब्यक्तिहरु उच्च स्थानमा पुगेको चर्चा गर्दै इस्लामिक शिक्षालाइ अन्य शिक्षा सरह मान्यता दिन आग्रह गरे ।

उनिहरुले निशुल्क पाठयपुस्तक,छात्रबृत्ति तथा अन्य राहतका कार्यक्रमहरु मदरसामा पनि उपलब्ध गराउनुपर्ने भन्दै मदरसामा पढाउने शिक्षकलाइ पनि सरकारी सेवा सुबिधाा दिन माग गरे ।