लियो सिद्धबाबाको सप्ताहब्यापि कार्यक्रम सम्पन्न
बुटवल । लियो क्लब अफ बुटवल सिद्धबाबाले बिभिन्न कार्यक्रमहरु गरी सिद्धबाबा साप्ताहिक कार्यक्रम सम्पन्न गरेको छ ।
फागुन ५ गते विष्णु वोस्तीको संयोजकत्वमा लियो लाइब्रेरी निर्माण, ६ गते सुनिल श्रेष्ठको संयोजकत्वमा पाल्पाको दमकडा मा.वि.मा रहेका २६ जना दृष्टिविहिन विद्यार्थीहरुलाई खाद्यान्न वितरण, लत्ताकपडा, वाद्यवादनका सामग्री, सेतो छडी,स्टेशनरी सामग्रीहरु वितरण गरी सहयोग, ७ गते साप्ताहिक कार्यक्रमका संयोजक आयास खानको संयोजकत्वमा बसपार्क सरसफाई कार्यक्रम सम्पन्न भएको अध्यक्ष सुनिल पोखरेलले जानकारी दिए ।
८ गते प्रविन पौडेलको संयोजकत्वमा शंकरनगर बनवाटिकामा रहेको लियो म्याङगो गार्डेन संरक्षण तथा लियो फेलोसिप फुटसल कार्यक्रम सम्पन्न भएको छ ।
त्यस्तै ९ गते मनोज सुबेदीको संयोजकत्वमा ८० जना गरिब तथा जेहन्दार विद्यार्थीका लागि निःशुल्क ४० दिने बृहत कम्प्यूटर अफिस प्याकेज तालिम कार्यक्रमको सुरुवात, १२ गते धर्मराज आचार्यको संयोजकत्वमा कालिका उच्च मा.वि. र एम्स कलेजमा बृहत जागरण अभियान संचालन गरी सम्पन्न र १२ गते मन्जु कुंवरको संयोजकत्वमा रुपन्देहीको चिल्हियामा फेलोसिप कार्यक्रम गर्दै साप्ताहिक कार्यक्रमको समापन भएको छ ।