बालविवाह रोक्न सवै एकजुट हुनुपर्नेमा सरोकारवालाको जोड - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

बालविवाह रोक्न सवै एकजुट हुनुपर्नेमा सरोकारवालाको जोड



घनश्याम पौडेल
पाल्पा । बालबालीकाको हक र अधिकार सुनिश्चीत गर्न तथा बालविवाह रोक्नका लागी सवै पक्षहरु एकजुट हुनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन ।

बालविबाह रोक्नका लागी जिल्ला बालसञ्जालले सम्बन्धीत निकायलाई खबर गरी बालविबाह रोक्नमा सहभागी बालक्लबका प्रतिनिधी एकजुट भए ।

बाल सहभागिता संविधानदेखी व्यवहारसम्म भन्ने नाराका साथ उमेरगत बालसहभागिता सम्बन्धी अभिमुखिकरण तथा संघीय संरचनामा बालसहभागीता प्रर्वद्धनका उपायहरु विषयक ५ नम्बर प्रदेश स्तरिय पाल्पामा भएको छलफल कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन।

पाल्पा जिल्ला समन्वय समितीका प्रमुख दयाराम बस्यालले बालबालीकाका रुची र इच्छा हेरेर अध्ययन, खेलकुद, मनपर्ने खाना खुवाएमा मात्रै बालबालीका विकसीत हुन सक्ने बताए, उनले संघीय संरचना अनुसार बालबालीका मैत्री कार्यक्रम सञ्चालन गर्नमा आउँदो वर्षदेखी स्थानिय तहलाई सचेत गराउँने बताए ।

बाल सहभागितामा कार्यरत समुह कन्सोर्टिम नेपाल ५ नम्बर प्रदेशको आयोजना, बेस नेपाल पाल्पाको सहकार्यमा भएको कार्यक्रममा कन्सोर्टिमका केन्द्रीय सदस्य रुद्र मश्राङ्गी, पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्याल, महिला तथा बालबालिका कार्यालयका निमित्त प्रमुख मनोज आचार्यले बालबालीकाको हक र हितका लागी संघीय संरचना अनुसारका सरकार तथा अभिभावक सँग सहकार्य गरेर अगाडी बढ्नुपर्ने बताए ।

कन्सोर्टियमका ५ नम्बर प्रदेश संयोजक तथा बेस नेपालका कार्यकारी निर्देशक शालीकराम पाण्डले स्थानिय सरकारले भौतीक पुर्वाधार निमार्णका लागी धेरै बजेट छुट्टाएको तर बालबालीकाको हकका लागी स्थानिय सरकारले ध्यान नदिएको स्थानिय तहले आउँदो दिमा बजेट छुट्टाई सचेतनामुलक कार्यक्रम गर्नका लागी स्थानिय तहले ध्यान दिनुपर्ने बताए ।

बालबालीकाहरुको रुची र इच्छा अनुसार चल्न दिएमा बालबालीका भोली देशको कर्णदार बन्न सक्ने सहभागीहरुले बताए । उनीहरुले बालबालीकालाई अभिभावकले गर्ने संस्कार परिवर्तन गर्न जरुरी रहेको बताउँदै शिक्षकले पनी बालबालीकालाई राम्रो व्यवहार गर्नुपर्ने बताए ।

उनीहरुले बालबालीकाको महत्वपुर्ण समय अध्ययन गर्ने समयमा अभिभावकहरुले बालबिहाह गर्न नहुने बताए । उमेर पुगेर विबाह गरेमा विशेष गरेर बालिकाहरु आफ्नै खुट्टामा उभिनसक्ने क्षमताका हुने बताए ।

बाल क्लब प्युठानका अध्यक्ष प्रेम विकले बालबालीकाले पाउँने अहिलेनै हक र अधिकार संरक्षण गर्न नसके यसको क्षती १० वर्षपछी बेहोर्नुपर्ने बताए । वेस नेपालका नवराज शर्माले उमेरगत बालबालीका सम्बन्धी तथा बालबालीकाको हक र हितको विषयमाा प्रतिवेदन प्रस्तुत गरे ।

प्रदेश स्तरिय भएको अभिमुखीकरण तथा छलफलमा अर्घाखाँची, पाल्पा, गुल्मी, रुपन्देही, कपिलबस्तु, बाके, रोल्पा, नवलपुर, प्युठान लगाएका जिल्लाका बालबालीका तथा गैरसरकारी संस्थाका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

गैरसरकारी संस्थाबाट सहभागी अर्घाखाँचीका लुम्बिनी सामाजिक विकास केन्द्रका हरिप्रसाद पौडेलले बालबालीकाको संरक्षण गर्नका लागी हक र हितका काम गर्दै आएको र आउँदो दिनमा पनी काम गर्ने बताए ।

बालबालीकालाई अभिभावकबाटै केटाकेटी भनेर अपहेलित हुनुपरेकोमा मुख्य जिम्मेबारी अभिभावकनै हुनुपर्ने बताउँदै हक र हितका लागी सवै लाग्ने बताए ।

जिल्ला समन्वय समितीले प्रभावकारी भुमिका खेलेर बालसञ्जालहरुका कार्यलाई अगाडी बढाउँन सकिने बताए ।