प्रदेश नं ७ लाई मानव बेचबिखन मुक्त बनाउछौ : मुख्यमन्त्री भट्ट - Himal Post Himal Post
  • १६ कार्तिक २०८१, शुक्रबार
  •      Fri Nov 1 2024
Logo

प्रदेश नं ७ लाई मानव बेचबिखन मुक्त बनाउछौ : मुख्यमन्त्री भट्ट



कञ्चनपुर ।  माइती नेपालको २५ औँ वार्षिकोत्सवका अवसरमा मानव बेचबिखनविरुद्ध देशव्यापी रूपमा चेतना फैलाउने उद्देश्यसहित हामी सबैको जिम्मेवारी, मानव बेचबिखनविरुद्ध गरौँ खबरदारी’ भन्ने नारा सहित मेची महाकाली अभियान शनिबारदेखि कञ्चनपुरबाट शुरु गरिएको छ ।

अभियानको कञ्चनपुर सदरमुकाम महेन्द्रनरमा उद्घाटन गर्नुहुँदै प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशलाई मानव बेचबिखन मुक्त प्रदेश बनाउने बताउनुभएको छ ।

उहाँले प्रदेश सरकारले मानव बेचबिखनविरुद्ध कडा कानून बनाउने बताउनुभयो । सरकारले कानून बनाएर मात्र यस्ता अपराध घटने होइन उहाँले भन्नुभयो, “ कानून कार्यान्वयन गर्न कर्मचारी प्रशासनलाई समेत हामी कडा निर्देशन दिन्छौँ ।”

मुख्य मन्त्री भट्टले खुला सिमानाका कारण मानव बेचबिखनका घटना बढ्दै गइरहेकाले त्यसलाई न्यूनीकरण गर्न केन्द्रीय सरकारसँग पहल गरेर हेल्प डेस्कको स्थापना गर्ने बताउनुभयो ।

अभियान देशका विभिन्न शहरमा चेतनामूलक कार्यक्रम गर्दै फागुन १७ गते हेटौंडामा गएर समापन हुने बताइएको छ ।