निजिस्रोत शिक्षक संघर्ष समितिले बुझायो स्थानीय सरकारलाई ज्ञापनपत्र
उमेश थापा / बौनिया ,कैलाली ।।
कैलालीको बर्दगोरिया गाउँपालिका निजिस्रोत शिक्षक संघर्ष समितिले स्थानीय सरकार गाउँपालिका अध्यक्षलाई शनिबार १२ बुदे ज्ञापनपत्र बुझाएको छ।
संघर्ष समितिले आयोजना गरेको स्थानिय जनप्रतिनिधि बधाई तथा सम्मान कार्यक्रममा बिगत लामो समयदेखि निरन्तर शिक्षण गर्दै आईरहेका निजिस्रोत शिक्षकका समस्या स्थानिय सरकारले जिम्मालिनु पर्ने, आर्थिक बर्ष २०७४/०७५ बाट लागू हुनेगरी आर्थिक अनुदान रकम ब्याबस्था गरिनुपर्ने, प्रक्रिया पुराएर स्थायी गरिनुपर्ने,आबश्यकता अनुसार तलिमको ब्याबस्था गरिनु पर्ने भन्दै ज्ञापन पत्र बुझाएको हो।
बर्दगोरिया गाउँपालिका भित्र हाल सम्मको निजि स्रोत शिक्षक संघर्ष समितिले लिएको तथ्यांक अनुसार प्रा•बि तहमा २ जना आशिक शिक्षक सहित ३७ जना ,नि• मा•बि तहमा अध्यापन गराउने १९ जना, मा•बि• तहमा अध्यापन गराउने २ जना आंशिक सहित ९ जना र ३ जना बिधालय कर्मचारी सहित अठसठ्ठी जना निजि स्रोत शिक्षक रहेका छ्न।
बर्दगोरिया निजिस्रोत शिक्षक संघर्ष समितिका अध्यक्ष प्रमोद साउदको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी बर्दगोरिया गाउपालिका अध्यक्ष बलिराम चौधरी रहुनुभएको थियो। त्यस्तै विशिष्ट अतिथिमा गाउँपालिका उपाध्यक्ष भगपती डगौरा थारु रहनुभएको थियो।
निजि स्रोत शिक्षक संघर्ष समितिले गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथी चौधरीले आगामी शैक्षिक सत्र देखि लागु हुने गरि आफुले निजि स्रोत शिक्षकका जायज मागलाई यथाशीघ्र ब्यबस्थापन गर्ने अश्वासन दिनुभएको छ। साथै बिज्ञ शिक्षाबिदको टोलि गठन गरि समस्या यकिन गरि समस्या समाधान गर्ने बताउनु भएको छ।
कार्यक्रममा बर्दगोरिया गाउपालिका वडा न:-, २ का वडाअध्यक्ष भिखु चौधरी , ३ न वडा अध्यक्ष कर्णे सुनार ,लगाएतका वडा अध्यक्षहरुको उपस्थित रहेको थियो।
शिक्षक नवराज टमट्टाको स्वागत मन्तव्य संगै सुरुभएको कार्यक्रमको संचालन शिक्षक शिवराज गौतमले संचालन गर्नुभएको थियो ।