बाजुराका स्थानिय तहमा टहराबाटै सेवा - Himal Post Himal Post
  • १७ कार्तिक २०८१, शनिबार
  •      Sat Nov 2 2024
Logo

बाजुराका स्थानिय तहमा टहराबाटै सेवा



बाजुरा ।। स्थानीय तहको निर्वाचन सकिएको लामो समय बितिसक्दा पनि बाजुराका स्थानीय तह भने अझैसम्म टहराबाटै सेवा दिँदै आएका छन् ।

जिल्लाका चार नगरपालिका र पाँच गाउँपालिकामध्ये चार गाउँपालिकाले टहरामा सेवा दिँदै आएका हुन् । जिल्लाको उत्तरी भेगमा रहेको हिमाली गाउँपालिका, स्वामीकार्तिक गाउँपालिका, पाण्डवगुफा गाउँपालिका तल्लोध क्षेत्रको गौमुल गाउँपालिकाले टहरामा सेवा दिँदै आएको गौमुल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर थापाले बताउनुभयो ।

जनप्रतिनिधि आइसकेपछि कार्यालय सञ्चालनका लागि घरसमेत भाडामा लिन बढी रकम खर्च हुने भएकाले टिनको टहरा निर्माण गरी सेवा दिँदै आएका छन ।

गाउँपालिकाको भवनका लागि पहिलो र दोस्रो गाउँसभाबाट भवन निर्माणका लागि आवश्यक बजेट संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयसमक्ष माग गरिएपनि अझैसम्म उपलब्ध भइनसकेको गौमुल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताउनुभयो । जिल्लाका बडीमालिका, बूढीनन्दा नगरपालिकाबाहेकका नगरपालिका तथा गाउँपालिका पनि अन्य कार्यालय भवनमा बस्दै आएका छन् ।

भवन नहुँदा स्थानीय तहका कर्मचारीले एकै कोठामा काम चलाउने गरी आलोपालो दैनिक कार्य गर्दै आएका छन् ।फाइल तस्बिर :