देउवा सरकारद्बारा राष्ट्रिय सभामा सिफारिस तीनजनाले गरे सर्वोच्चमा रिट दायर - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

देउवा सरकारद्बारा राष्ट्रिय सभामा सिफारिस तीनजनाले गरे सर्वोच्चमा रिट दायर



काठमाडौं । अघिल्लो सरकारले राष्ट्रियसभा सदस्यका लागि सिफारिस गरेका तीन जनाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि सिफारिस गरेका गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीले आज सर्वोच्चमा रिट दायर गरेका हुन् ।

वर्तमान सरकारले आफूहरुलाई विस्थापित गरी अन्य ३ जनालाई मनोनयनको लागि सिफारिस गरेपछि उनीहरुले पहिलाकै सरकारले गरेको सिफारिस कार्यन्वयनको माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका हुन् ।

रिटमा आफूहरुको नाम फिर्ता लिई अन्य तीन जनाको नाम मनोनयनका लागि सिफारिस गरेको केही घण्टाभित्रै राष्ट्रपतिबाट मनोनित गरिएको भए पनि विपक्षीहरुले हालसम्म सपथ लिई नसकेकोले मुद्दाको अन्तिम टुंगो नलागेसम्म सपथग्रहण नगर्न नगराउन अन्तरिम आदेशको माग गरिएको छ ।
रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, संघीय संसद सचिवालय र राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनित सांसदहरु डा.युवराज खतिवडा, विमला राई पौडेल र रामनारायण बिडारीलाई विपक्षी बनाइएको छ ।