४ वर्षीया शिशुमाथि बलत्कार गर्ने हत्यारा माथि सांसद बिनाले चालिन यस्तो कदम..
काठमाडौं ।। प्रतिनिधिसभा सदस्य बिना थापा मगरले कंचनपुर पुनर्वास नगरपालिकामा ४ वर्षीया शिशुमाथिको भएको बलत्कारको घटनाले स्तब्ध बनाएको भन्दै कारबाहीको माग गरेकि छिन् ।
सामाजिक सञ्जाल मार्फत उनले ६ दिन अघिमात्र कृष्णपुर नगरपालिकामा त्यस्तै घटना भएको उल्लेख गर्दै स्थानीय जनप्रतिनिधि र प्रशाशनबाट भएको पशुवत कृत्यका दोषीहरूमाथि कडा कारवाही गर्न माग गरेकि हुन् ।
उनले लेखेकि छन् ‘कंचनपुर जिल्लाको पुनर्वास नगरपालिकामा एक जना ४ वर्षीया अवोध शिशुमाथि भएको नृशंस र पाशविक घटनाको समाचारले स्तब्ध बनाएको छ । ६ दिन अघिमात्र कृष्णपुर नगरपालिकामा यस्तै घटना भयो । स्थानीय जनप्रतिनिधि र प्रशाशनबाट यस्तो पशुवत कृत्यका दोषीहरूमाथि कडा कारवाही गर्न माग गर्दछु । महिलामाथि हुने हिंसाविरुद्द जनस्तरबाट समेत सजगताका लागि अपील गर्दछु’ ।
‘प्रहरीले बलात्कार आरोपमा पुनर्वास नगरपालिका–८ (क) गाउँका ३६ वर्षीय भीमबहादुर श्रीमाललाई पक्राउ गरेको छ ।
कृष्णपुर नगरपालिका–४ मौरीफाँटामा १३ वर्षीया किशोरी बलात्कृत भएको ६ दिन नबित्दै फेरि अर्को बलात्कारको घटना सार्वजनिक भएपछि स्थानीय आक्रोशित छन् ।पुनर्वासमा हजुरआमासँगै सुतेकी बालिकालाई युवकले बाहिर लगेर बलात्कार गरी फेरि सोही ठाउँमा छाडेर गएको प्रहरीले जनाएको छ ।
श्रीमाललाई प्रहरीले मंगलबार पुनर्वास नगरपालिका–९ (ख) गाउँबाट पक्राउ गरेको हो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टले बताए । ‘घटनाको दोस्रो दिन पीडकले नै पीडितका आफन्तलाई धम्काएपछि घटना बाहिर आएको हो,’ उनले भने, ‘बालिकाका आफन्तले श्रीमाललाई राति घरबाट बाहिर निस्किरहेको अवस्थामा देखेपछि संलग्नता खुलेको हो ।