यस्ताे सुबिधा छ फाल्गुण १३ र १४काे एडुकेयरकाे मेलामा

बुटवल । २०७० सालमा बुटवलमा स्थापना भएको एडुकेयर कन्सल्टेन्सीको आयोजनामा यही फाल्गुण १३ र १४ गते बुटवलमा दोस्रो वृहत एडुकेयर फेयर शैक्षिक मेला हुँदैछ ।
भारत अध्ययनका लागि जान चाहने विधार्थीहरुको जिज्ञासा मेटाउन र काउन्सेलिङका लागि स्थापित यो संस्थाले गएको वर्ष भारतका टप १८ कलेज तथा युनिभर्सिटीहरु उक्त शैक्षिक मेलामा समावेश भएका थिए भने यस वर्ष २० वटा कलेज तथा युनिर्भसिटीहरु फेयरमा सहभागि हुंदैछन् ।
लगभग १० लाखको खर्च लाग्ने अनुमान गरिएको मेलामा अवलोकनकर्ताका लागि भने निशुल्क प्रवेशको व्यवस्था रहेको छ ।
विधार्थीहरु भारत अध्ययन का लागि जान चाहने तर त्यहां उपलब्ध कोर्षहरु र कलेज तथा युनिर्भसिटीले लिने शुल्कको बारेमा प्रष्ट नहुंदा अन्यौलता रहने भएकाले त्यो अन्यौलता हटाउन र कलेजका प्रमुख तथा प्रतिनिधीहरुबाटै प्रत्यक्ष परामर्श तथा जानकारी लिन सक्ने उद्धेश्यले एडुफेयर गर्न लागेको आयोजक एडुकेयर कन्सल्टेन्सीका प्रबन्ध निर्देशक करिष्मा पाण्डेले बताईन् ।
पाण्डेले शैक्षिक मेला उपत्यकामा मात्र लाग्छ भन्ने सोंचाईलाई परिवर्तन गर्न गएको सालबाट शैक्षिक मेला आयोजना गर्न शुरु गरेको र यो वर्ष पनि त्यो भन्दा अझै परिस्कृत र गत वर्षको तुलनामा अझ प्रभावकारी तरिकाले जानकारी दिने तयारी गरिएको आज बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराईन् ।
३५ सय भन्दा बढी अवलोकनकर्ताले गत वर्षकाे मेलाकाे अवलाेकन गरेका थिए भने याे वर्ष करिब ४ हजार दर्शकले मेलाकाे अवलाेकन गर्ने पाण्डेले अपेक्षा राखिन् ।
ब्रोसर बांडेर मात्र नभई भिजुवल प्ले गरेर नै शिक्षाको बारेमा जानकारी दिइने यस प्रकारको प्रत्यक्ष परामर्शले विधार्थीहरुलाई निकै सहज हुने विश्वास आयोजकको छ ।
यही फाल्गुण १३ र १४ गते बुटवल स्थित क्लब डेनोभोमा हुने शैक्षिक मेलामा सम्पूर्ण विधार्थी, अभिभावक तथा अन्य जिज्ञासुहरुलाई अवलोकनका लागि आमन्त्रण पनि गरिएको छ ।

