कैलालीको अत्तरिया -मोहना सडक निर्माण कार्य रोक्ने अन्तरिम आदेश सर्वोच्चद्वारा खारेज - Himal Post Himal Post
  • १९ पुष २०८१, शुक्रबार
  •      Fri Jan 3 2025
Logo

कैलालीको अत्तरिया -मोहना सडक निर्माण कार्य रोक्ने अन्तरिम आदेश सर्वोच्चद्वारा खारेज



धनगढी, कैलाली ।।
कैलालीको मोहनापुल–अत्तरीया छ लेन सडकको निर्माण कार्य रोक्न भन्दै यसअघि एकल बेञ्चले दिएको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरिदिएको छ । सर्वोच्च अदालतले मोहनापुल–अत्तरीया छ लेन सडकको निर्माण कार्य रोक्न भन्दै यसअघि एकल बेञ्चले दिएको अन्तरिम आदेश खारेज गरेसगै निर्माण कार्य सुरु गर्न बाटो खुलेको छ ।

सर्वोच्च अदालतका न्यायधिस ओम प्रकाश मिश्र र सारदा प्रसाद घिमिरेको सयुक्त बेञ्चले उक्त अन्तरिम आदेश खारेज गरिदिएको छ भने उक्त आदेश जारी नहुने बताएको छ । एकल बेञ्चले दिएको अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने भन्ने विषयमा भएको बहसमा उक्त आदेश दिईएको सरकार तथा विपक्षी बनाईएको मोहनापुल–अत्तरीया छ लेन सडकको तर्फबाट बहस गर्नुभएका सहन्यायधिवक्ता खेमराज ज्ञवालीले जानकारी दिनुभयो ।

मोहनापुल–अत्तरीया छ लेन सडकको चौडाई घटाउन माग गर्दै १३ घरधनीहरुले सर्वोच्च अदालतमा मुद्धा दायर गरेका थिए । एकल बेञ्चले निर्मार्ण कार्य रोक्न भन्दै अन्तरिम आदेश दिएको थियो । त्यसपश्च्यात भन्सारदेखि वोराडाडीसम्म रोकिएको निर्माण कार्य अव सुचारु हुने भएको छ ।

गत पुष १९ गते धनगढीका धना जोशी, लोकवहादुर कुँवर, गंगा शाह, यज्ञराज ओझा, मानवहादुर चन्द, ज्ञानवहादुर विष्ट, कुसुमलता गैरे, महेन्द्रनाथ गैरे, मानवहादुर खड्का, दुर्गा खड्का, सुरज विक्रम श्रेष्ठ र सरफ सिंह वोहोरा गरी १३ जना घरधनीहरुले सर्वोच्चमा रिट हालेका थिए ।

सडक सीमानामा घर संरचना परेका १३ जनाले आफुहरुले क्षतीपुर्ती पाउनुपर्ने अन्यथासडकको सीमाना साढे ८२ फिट बाट ७५ कायम हुनुपर्ने भन्दै पुष १९ गते सर्वोच्चमा रिट निबेदन हालेका थिए ।