होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठनद्धारा रक्तदान - Himal Post Himal Post
  • २१ माघ २०८२, मंगलवार
  •      Tue Feb 3 2026
Logo

होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठनद्धारा रक्तदान



बुटवल । ६८औं प्रजातन्त्र दिवसको अवसर पारेर होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीले खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

होटल व्यवसायीहरुको हकहितमा काम गर्दै आएको संगठनले वार्षिक कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरेको कार्यक्रम संयोजक एवं संगठनका कोषाध्यक्ष कृष्ण प्रसाद पाण्डेले बताए ।

कार्यक्रममा २९ जनाले रक्तदान गरेको संगठनका अध्यक्ष रामचन्द्र रेग्मीले जानकारी दिए । “रक्तदान जीवनदान, जीवनदान महादान” भन्ने नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका वरिष्ठ उपाध्यक्ष दिपक क्षेत्री न्यौपानेले रक्तदानले अस्पतालको शैयामा छटपटाइरहेको विरामीलाई नयाँ जीवन दिने बताए ।

उनले संगठनले गरेको पुनित कार्य गरेको र आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिए ।त्यस्तै विशिष्ट अतिथि उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा गरिएको रक्तदान कार्यक्रम प्रशंसनीय रहेको बताए ।

संगठनका अध्यक्ष रामचन्द्र रेग्मीको अध्यक्षता तथा महासचिव गणेश बेल्बासेको सञ्चालनमा सम्पन्न कार्यक्रममा उद्योग व्यापार संगठन रुपन्देहीका उपाध्यक्ष उषाकिरण गुरुङ, महासचिव अनिल कुमार ज्ञवाली, श्री रण चण्डी गण भैरहवाका जेष्ठ सेनानी कुल बहादुर विष्ट, जेसिआई सिद्धार्थ लेडी नेपालका अध्यक्ष विन्दु काफ्ले लगायतको आतिथ्यता रहेको थियो ।