खेलौना वनाउने तालीम सम्पन्न - Himal Post Himal Post
  • २१ माघ २०८२, मंगलवार
  •      Tue Feb 3 2026
Logo

खेलौना वनाउने तालीम सम्पन्न



बुटवल । एटलस ल्वलफेयर अर्गनाईजेसनको आयोजनामा सञ्चालित ७ दिने निशुल्क खेलौना वनाउने तालीम सम्पन्न भएको छ ।

स्थानीयलाई सीप सिकाएर आत्मानिर्भर वनाउने उद्देश्यका साथ तालिम संचालन गरीएको सस्थाका सदस्य मिलन विश्वकर्माले जानकारी दिए ।

सो अवसरमा प्रमुख अतिथी लोक नारायण थापाले तालिमका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्दै सिकेका सीपलाई व्यवहारमा उतार्न र त्यसबाट आयआर्जन गरी आत्मनिर्भर वन्न अनुरोध गरे । तालिमका प्रशिक्षक सुजन थैवले तालिमको उद्देश्य र यसको उपयोगिताका विविध पक्षमाथि प्रकाश पारेका थिए।

एटलस ल्वलफेयर अर्गनाईजेसनकी अध्यक्ष कल्जना श्रेष्ठको अध्यक्षता, लोक नारायण थापाको प्रमुख आतिथ्यता तथा सचिव सुमेरु कसजु ले कार्यक्रम संचालन गरेका थिए। तालिममा ३५ जनाको सहभागिता थियो ।