साउथ एशियन कराते च्याम्पियनशिप पल्लीलाई सम्मान - Himal Post Himal Post
  • २१ माघ २०८२, मंगलवार
  •      Tue Feb 3 2026
Logo

साउथ एशियन कराते च्याम्पियनशिप पल्लीलाई सम्मान



गुल्मी । नेपाली कांग्रेस गुल्मीदरवार वडा नं. २ गुल्मीले कराते खेलाडी अमर पल्लीलाई सम्मान गरेको छ ।

हालै भारतको हिमाञ्चल प्रदेशमा सम्पन्न साउथ एशियन कराते च्याम्पियनशिपमा स्वर्ण पदक विजेता पल्लीलाई सम्मान गरिएको हो ।

पल्लीलाई १५ हजार पांच रुपैया नगद सहित सम्मानपत्रले सम्मान गरिएको नेपाली कांग्रेस गुल्मीदरवार जुभूङ्गले जनाएको छ । पल्लीले ८४ केजी तौल समुहमा स्वर्ण पदक प्राप्त गर्नु भएको थियो ।

पल्ली सहित उक्त प्रतियोगितामा नेपालका सात जनाले स्वर्ण पदक प्राप्त गरेका थिए । पल्लीले यस अघि भारत लगायत नेपालमा सम्पन्न विभिन्न प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरि सकेकी छन् ।

वडा सभापति जगन्नाथ गौतमको सभापतित्वमा भएको कार्यक्रममा पुर्व सभापतिद्वय ज्ञान बहादुर खड्का, केशर सिंह सारु, नेपाल शिक्षक संघ गुल्मीदरवारका सभापति श्रीराज खड्का, कमल सारु लगायतले खेलाडी पल्लीलाई सम्मान गर्दै आगामी दिनमा जुभूङ्ग संगै राष्ट्रमा नाम राख्नेगरी खेल जीवनमा लाग्न शुभकामना दिएका थिए । कार्यक्रममा गत मंसिर २१ गते भएको निर्वाचनको समिक्षा समेत गरिएको थियो ।