प्रदेश नं ५ लाई अब्बल प्रदेशको रुपमा विकास गरिने : मन्त्री चौधरी - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

प्रदेश नं ५ लाई अब्बल प्रदेशको रुपमा विकास गरिने : मन्त्री चौधरी



नवलपरासी । प्रदेश नं ५ का नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले प्रदेश नं ५लाई देशकै उत्कृष्ट र अब्बल प्रदेशको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नवलपरासी – (बर्दघाट सुस्ता पश्चिम) सुनवलस्थित शहीद विष्णु पाण्डेको शालिकमा माल्यार्पण कार्यक्रममा उनले सो प्रतिबद्धता व्यक्त गरे ।यस प्रदेशलाई भौतिक पूर्वाधारको हिसाबले स्तरोन्नति गरी चौतर्फी विकास गर्दै देशकै नमूना र सवल प्रदेशको रुपमा विकास गरिने उनले बताए ।

प्रदेश नं ५ का नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री चौधरी नवलपरासी – (बर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा १ बाट निर्वार्चित सदस्य हुन ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सरावल–१ पथरहैया गाउँमा २०२२ साल असार १४ मा जन्मेका चौधरी इन्जिनियरिङ पेशा बाट राजनीतिमा प्रवेश गरेका हुन्। नेकपा (एमाले)को वैकल्पिक केन्द्रीय सदस्य उहाँ यसअघि जिल्ला विकास समितिको सभापति भएका थिए ।