‘प्रांगारीक कृषि उत्पादन बढाउन सरकारको अनुदान आवश्यक’ - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

‘प्रांगारीक कृषि उत्पादन बढाउन सरकारको अनुदान आवश्यक’



बुटवल । प्रांगारीक उत्पादन बढाउन सरकारले जनचेतना र अनुदानका कार्यक्रम संगसंगै अघि सार्नुपर्नेमा कृषक तथा सरोकारवालाहरुले जोड दिएका छन ।

कृषि मन्त्रालय अन्र्तगतका बिभिन्न निकाय र बुटवल उद्योग वाणिज्य संघको आयोजनामा बुटवलमा हिजोदेखि सुरु भएको कृषि मेलाका अवसरमा आज मेलास्थल बुटवलमण्डपमा भएको प्रांगारीक कृषि सम्वन्धि अन्र्तक्रिया गोष्ठिका सहभागिहरुले प्रांगारीक कृषि उत्पादन बढाउन अनुदान र स्वास्थ्य चेतनाका कार्यक्रम एकै साथ अघि बढाउनु पर्ने बताएका हुन ।

प्रांगारीक उत्पादनलाई खाद्यान्न संग मात्रै नजोडेर मानव स्वास्थ्यसंग जोडन सकेमात्र त्यसले प्रतिफल दिने उनीहरुले बताए । कार्यक्रममा फरेष्ट एक्सनका कृषि बीज्ञ डा. कृष्णमान पौडेल, हेल्भेटास नेपालका कफि तथा कृषि सल्लाहकार भोला कुमार श्रेष्ठ, राष्टिय सहकारी संघका पुर्वअध्यक्ष दीपक प्रकाश बास्कोटा, कृषि बस्तु निर्यात प्रवद्र्धन कार्यक्रमका बरिष्ठ कृषि प्रसार अधिकृत गोपाल लामीछानेले नेपालमा प्रांगारीक कृषिको अवस्था, बजारीकरण र बजारीकरणमा देखिएका समस्या र सम्भावनाका सम्वन्धमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

संघका अध्यक्ष खिम बहादुर हमालको सभापतित्व र पुर्वअध्यक्ष हिरा प्रसाद श्रेष्ठको आतिथ्यमा कार्यक्रम भएको थियो । मेलामा भोली पनि नेपालमा प्रांगारीक कृषि शिक्षा र अनुसन्धान तथा प्रमाणिकरणका सम्वन्धमा गोष्ठि हुने छ ।यसैबिच मेलामा राखिएका प्रांगारीक कृषि उपज प्रति उपभोक्ता आर्कषित भएका छन ।

मेलामा आएका उभोक्ताहरुले ताजा तरकारी तथा पहाडबाट ल्याइएका दाल तथा अन्य खाद्यान्नहरु बोराका बोरा खरिद गरेर लगेका छन ।
मेलाकै अवसरमा कृषि केन्द्रित दाहोरी गीत तथा बिभिन्न सास्कृतिक कार्यक्रमहरु भएका छन ।