ओलीलाई भारतीय राजदूतले घरमै पुगेर दिए मोदीको बधाई सन्देश - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

ओलीलाई भारतीय राजदूतले घरमै पुगेर दिए मोदीको बधाई सन्देश



काठमाडौं ।। नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाइ दिएका छन् ।

प्रधानमन्त्री ओलीको निवास बालकोट पुगेर राजदूत पुरीले शुक्रवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बधाइ सन्देश दिएका हुन् । राजदूत पुरीले भारतीय प्रधामनन्त्री मोदीको बधाइ सन्देश ओलीलाई हस्तान्त्ररण गरेका छन् ।

‘प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री केपी ओलीलाई लेखेको पत्रमा नेपालको आर्थिक समृद्धि र विकासका लागि शुभकामना व्यक्त गर्नुभएको छ अनि बहुआयामी द्विपक्षीय साझेदारीलाई सशक्त बनाउनका लागि अघि बढ्ने बताउनुभएको छ’ नेपालस्थित भारतीय दूतावासको ट्टीटमा उल्लेख छ । यसअघि मोदीले बिहीवार राती ओलीलाई फोन गरेर बधाइ दिएका थिए ।