कोरियामा यो वर्ष अघिल्लो वर्षभन्दा तीन गुणा बढी कामदार जाने  - Himal Post Himal Post
  • १७ कार्तिक २०८१, शनिबार
  •      Sat Nov 2 2024
Logo

कोरियामा यो वर्ष अघिल्लो वर्षभन्दा तीन गुणा बढी कामदार जाने 



काठमाडौं ।। २०१८ सालको कोरियन भाषा परीक्षा उत्तीर्ण गरेकाहरुको श्रम सम्झौता कोरियाले पठाएको छ । यस वर्ष कोरिया जाने कामदार मध्ये ५ जना गइसकेका छन्। पहिलो लटमा ११ सय भन्दा बढीको नाम आइसकेको छ । गत वर्ष पहिलो लटमा मात्रै ५०० जनाको नाम आएपनि अहिले भने धेरै जनाको नाम आइसकेको हो । यसैसाता सन् २०१८ का लागि ईपीएस उत्तीर्ण गरेका नेपाली कामदारको छनोट थालेको कोरियाले शुरुवातमै उक्त संख्यामा कन्ट्रयाक्ट पठाएको हो ।

कोरियाको मानव संशोधन विकास विभागले पहिलो चरणमा कृषि र उत्पादनमूलक दुवैतर्फका कामदार छान्ने क्रम तीव्र पारेको छ । विभागले भाषा परीक्षा उत्तीर्ण गरेका कामदारको चार चरणमा छनोट गर्ने गरेको छ । अब मे २०१८ मा दोस्रो चरणको छनोट शुरु हुनेछ । त्यसको तीन महिनापछि सबै लटको छनोट सकिने भण्डारीले बताए । कामदार छान्न रोजगारदाता कम्पनीहरु सहभागी हुन्छन् । उनीहरुले परीक्षा उत्तीर्ण भएकामध्येबाट आफूलाई आवश्यक पर्ने कामदारको भाषा परीक्षण गर्न पाउँछन् । रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत् कोरियाली भाषा परीक्षामा यस वर्षका लागि १२ हजार एक सय आठ परीक्षार्थी उत्तीर्ण भएका छन् । ६८ हजारभन्दा बढीले भाषा परीक्षा दिएका थिए ।