राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा गम्भीर त्रुटी
काठमाडौं ।। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरिन् । सो कुराको जानकारी दिन राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्याे । तर उक्त पत्रमा एक बर्ष अघिको मिती उल्लेख गरिएको र उल्लेख मितिलाई आधार मान्ने हो भने उनी एक वर्षअघि नै प्रधानमन्त्रीमा नियुक्त भएको खुलासा भएको हो ।
२०७४ हुनुपर्नेमा २०७३ लेखेर त्रुटिपूर्ण विज्ञप्ति जारी भएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् । उनले हस्ताक्षर गर्दा मिति गलत लेखिएको विषयमा ध्यान दिएनन् । तर, सोही विज्ञप्तिका अन्त्यमा भने २०७४ फागुन ३ गते नै लेखिएको छ ।