केपी ओली प्रधानमन्त्रीमा नियुक्त - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

केपी ओली प्रधानमन्त्रीमा नियुक्त



काठमाडौँ ।।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली  नेपालको ४१ औं प्रधानमन्त्रीमा नियुक्त भएका छन्। निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले विहीबार देशवासीको नाममा सम्बोधन गर्दै राजीनामा दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्।

माओवादीको समर्थनमा विहीबार विहान मात्रै ओलीले प्रधानमन्त्रीमा दावी पेश गरेका थिए।
राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन्। अाेलीले अाजै अपराह्न चार बजे पद तथा गाेपनियताकाे सपथ ग्रहण गर्ने कार्यक्रम रहेकाे छ।