चट्याङ लागेर बैतडीमा २२ जना सैनिक घाइते, ५ को अवस्था गम्भीर - Himal Post Himal Post
  • १७ कार्तिक २०८१, शनिबार
  •      Sat Nov 2 2024
Logo

चट्याङ लागेर बैतडीमा २२ जना सैनिक घाइते, ५ को अवस्था गम्भीर



बैतडी । चट्याङ लागेर बैतडीमा नेपाली सेनाका २२ जना घाइते भएका छन् । मंगलवार साँझ ७ बजेर ५० मिनेट जाँदा परेको चट्याङले शत्रुमर्दन गुल्म अन्तर्गत कठपतेमा तालिम गरिरहेका सेनाका जवान घाइते भएको शत्रुमर्दन गुल्मका गुल्मपती,सेनानी सुदिप बानियाले जानकारी दिए । उनले भने, ‘घाइते मध्ये ५ जनाको अवस्था गम्भीर छ ।’

गम्भीर घाइते भएका अमरसिंह आलेमगर, बलराम थापामगर, दिनेशराज भट्ट, धनबहादुर ठनेत र सोनाम लामा तामाङलाई थप उपचारका लागि काठमाण्डौं पठाउने तयारी भएको सेनानी बानियाले जानकारी दिए ।

बानियाका अनुसार ‘तालिममा रहेका सेनाका जवानहरु एक्कासी चट्याङ लागेर घाइते भएका छन् । समान्य घाइते भएका १७ जनाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ । ‘गम्भीर घाइते पाँच जनालाई उपचारका लागि काठमाण्डौं पठाउने तयारी गरेका छौं ।’ उनले भने ।

साभार : सुदुर खबर

फाइल तस्बिर :-