नेजस उत्तर भारतले दिल्लीमा मनायो संबिधान दिवस - Himal Post Himal Post
  • २९ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 12 2026
Logo

नेजस उत्तर भारतले दिल्लीमा मनायो संबिधान दिवस



योगेन्द्र गौतम

नेपाली जन संपर्क समिति उत्तर भारतको आयोजनामा दिल्ली स्थित संबिधान दिवस भब्यरुपमा मनाएको छ । उत्तर भारत क्षेत्रका अध्यक्ष किष्ण पाण्डेको अध्यक्षता र माहासचिब रुद्र मल्लको संचालनमा सम्पन भयको अंतरकृया कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका भौतिक तथा यतायत मंत्री माननिय रमेश लेखक हुनुहुन्थियो भने बिषेश अथितिमा समितिका केन्द्रीय अध्यक्ष बालकृष्ण पाण्डेको उपस्थित थियो ।

संबिधानका अगुवा पुर्ब प्रधानमंत्री स्वर्गीय शुसिल कोइराला को नेतृत्वमा घोषणा भयको नेपालको लोकतान्त्रिक संघिय गणतन्त्रात्मक संबिधानको कार्यनयनका निमित्त प्रबाशी नेपालीको भुमिका बिषयक अंतरकृया कार्यक्रमलाइ भुमिसुधार तथा यतायत मंत्री माननिय रमेश लेखकले प्रकाश पारेका थीए । उनले प्रबाशमा रहेर नेपालको लोकतान्त्रिक आन्दोलनलाइ टेवा पुराएकोमा संपुर्ण प्रबाशी नेपाली प्रति धन्यबाद ज्ञापन गरेका थीए ।

उक्त अवशरमा नेपाली जनसंपर्क समिति भारतका केन्द्रीय अध्यक्ष बालकृष्ण पाण्डेले प्रबाशमा नेपालीहरुको पिढाको बारेमा मंत्री लेखकको ध्यानकर्शण गराएका थिए । प्रबाशी नेपालीको हक हित सुरक्षा र न्यायका लागि संबिधानमा उल्लेखित हुन प्रने उपस्थित समितिका कार्यक्रताहरुले मंत्री रमेश लेखक समक्ष आफनो माग राखेका थिए । उक्त अवशरमा समितिका केन्द्रीय सदस्यहरु , क्षेत्रीय समितिका पदाधिकारीहरु शाखा उप शाखाका पदाधिकारी हरु नेपाल तरुण दल भारत दिल्ली , ने बि संघ भारत दिल्लीका पदाधिकारीहरुको बिशाल उपस्थीति रहेको थियो ।