नवराजका कविताले बुटवलका दर्शक मन्त्रमुग्ध - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

नवराजका कविताले बुटवलका दर्शक मन्त्रमुग्ध



बुटवल । युवा कवि नवराज पराजुली ७० मिनेट गुञ्जिएका छन् । बुटवलमा पहिलोपटक कविता कन्सर्ट भएको हो ।पराजुलीले खोया,सगरमाथाको गहिराइ,ह्याप्पी बर्थ डे छोरा लगायतका कविता सुनाउदा उपस्थित दर्शक निकै भाबुक बने ।

पराजुलीले अधिकांश कविता दुखाइ र पीडा र बेदना समेटिएका सुनाए । भने केहि दर्शकका रुचिलाग्ने कविता पनि सुनाए । बुटवल जेसिज बर्ष २०१८ को आयोजनामा बुटवल देबिनगरमा रहेको लुम्बिनी बाणिज्य क्याम्पसको स्ववियु हलमा कार्यक्रम भएको हो ।

सो कार्यक्रम सम्पन्न गर्न करिब ५ लाख खर्च भएको कार्यक्रम संयोजक राजिव खनालले बताए ।
पैसा तिरेर कविता सुन्ने बानीको बिकास गर्न बुटवलमा यस्तो कार्यक्रम आयोजना गरिएको हो । सो अबसरमा राष्ट्रिय गायीका योजना पुरीको सांगितिक कोशेलीमा दर्शकले थप रुचिका झुमे ।
बंँसुरी बादक संयक महर्जन र प्रकाश पौडेलको बांसुरीको धुन, गिनिज बुक अफ वर्ड रेकर्ड मा नाम लेखाउन तयारी अवस्थामा रहेका मादलवादक अभिसेक गौतमले मादल पर्फम कार्यक्रम थप रोमान्चक बन्यो ।

दिउसो ३ बजे देखि साझ सवा ६ बजेसम्म सञ्चालन भएकोे कन्सर्टमा टिकटदर ५ सय रुपैया र बिद्यार्थीको लागी ३ सय रुपैया शुल्क तोकिएको थियो भने करिब ४ सयको जना दर्शकको उपस्थिती रहेको थियो ।

बुटवल जेसीजका अध्यक्ष यम प्रसाद तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल जेसीजका अध्यक्ष श्रीधर बस्याल, विशिष्ट अतिथि नेपाल जेसीजका पूर्व अध्यक्ष तथा अन्तराष्ट्रिय जेसीजका पूर्व उपाध्यक्ष अनुपमान संैजु, लुम्बिनी वाङमय प्रतिष्ठानका उपाध्यक्ष ऋषि आजाद,बुटवल जेसीजका महासचिव चन्द्रमणी भुषाल, पत्रकार तथा साहित्यकार कपिल ज्ञवाली,मरिन पाण्डे,इन्दु पाण्डे ,अर्जुन गौतम,लगायतले बुटवलमा यस प्रकारको पृथक कार्यक्रम गरेर बुटवल जेसीजले नयाँ आयाम थपेको भन्दै खुसी व्यक्त गरे । कार्यक्रमको सञ्चालन कन्सर्टका संयोजक राजीव भुषालले गरेका थिए ।