स्वराजको आजको भेट प्रचण्ड, राष्ट्रपति र प्रधानमन्त्री देउवासँग - Himal Post Himal Post
  • २० कार्तिक २०८१, मंगलवार
  •      Tue Nov 5 2024
Logo

स्वराजको आजको भेट प्रचण्ड, राष्ट्रपति र प्रधानमन्त्री देउवासँग



काठमाडौं ।।  नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुश्मा स्वराजले आज माओवादी अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

हिजो नेपाल आए लगत्तै एमाले अध्यक्ष केपी ओलीलगायत एमाले नेताहरु र मधेशवादी दलका नेताहरुसँग भेटवार्ता गरेकी स्वराजले आजको पहिलो भेट प्रचण्डसँग गर्न लागेकी हुन् ।

प्रचण्डसँगको भेटपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम रहेको छ । भण्डारीलाई भेट्न स्वराज शितल निवास जानेछिन् ।
भण्डारीसँगको भेटवार्ता सकेर उनी प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट्ने कार्यक्रम रहेको छ ।

देउवासँगको भेटवार्तामा कांग्रेसका केही नेताहरु पनि सहभागि हुने बताइएको छ । देउवाले केही सिमित नेताहरुलाई स्वराजसँगको भेटमा सहभागि गराउन लागेका हुन् ।

प्रधानमन्त्री निवास वालुवाटार पुगेर देउवालाई भेटेपछि स्वराज त्यहाँबाट सिधै विमानस्थल पुगेर भारत प्रस्थान गर्नेछिन् ।