लुम्बिनी वोडिङ स्कुलमा सहिद दिवसमा दीप प्रज्वलन - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

लुम्बिनी वोडिङ स्कुलमा सहिद दिवसमा दीप प्रज्वलन



बुटवल । बुटवल ३, चिढियाखोला, सहस्रपथमा रहेको लुम्बिनी वोडिङ स्कुलमा सहिद दिवस २०७४ को अवसरमा दीप प्रज्ज्वलन कार्यक्रम सम्पन्न भएको छ ।

प्याव्सन प्रदेश नं ५ का सदस्य एवम् विद्मालयका प्राचार्य लालहरि पाण्डेको अध्यक्षतामा सञ्चालित सोही सहिद स्मृति एवम् दीप प्रज्ज्वलन कार्यक्रम प्रमुख अतिथि मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सदस्य कृष्ण पराजुलीले विद्मालयमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नु भएको थियो ।

लुम्बिनी वोडिङ स्कुलमा गठित लुम्बिनी बाल क्लब र नेपाल जुनियर रेडक्रस सर्कलका बिद्मार्थीहरु समेत सहभागी भएको ¥याल्री हातमा मैन वत्ती सहित विद्मालयवाट सुरु भई गोलपार्क पुगी कोण सभामा परिणत भएको थियो ।

सोही अवसरमा प्रमुख अतिथि पराजुलीले सहिदको योगदानको चर्चा गर्नुभएको थियो भने सभाध्यक्ष लालहरि पाण्डेले सहिदको सम्मान गर्दै अगाडि वढ्नु पर्ने कुरामा जोड दिनुभएको थियो । शिक्षक शिक्षिकासमेत सहभागी सोही कार्यक्रमको सञ्चालन शिक्षक डिल्ली राज गैरेले गर्नुभएको थियो ।