अाज देखि चन्द्रौटा महोत्सव - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

अाज देखि चन्द्रौटा महोत्सव



कपिलवस्तु। कपिलवस्तुको चन्द्रौटा माघ १७ गते २८ गते सम्म हुन लागीरहेको चौथो चन्द्रौटा कृषि पर्यटन तथा औधोगीक व्यापार महोत्सवको तयारी पुरा भएको छ । कृषि पर्यटन र औधोगीक विकास हाम्रो अभियान,आन्तरिक रोजगार र आत्मनिर्भर समाज हाम्रो पहिचान भन्ने नारा सहित हुन लागेको महोत्सवमा तयारी पुरा भएको मंगलवार पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिए ।

चन्द्रौटा उधोग वाणिज्य संघको आयोजनामा हुने महोत्सवले यस क्षेत्रका धार्मीक एव प्रर्यटकीय क्षेत्रको प्रचार प्रसार र प्रर्वद्धनमा सहयोग पुग्ने संघका अध्यक्ष अलीले वताए । यसपालीको महोत्सवमा शिवगढी ,सोनोवागढ ,मयादेवी लगाएतका मन्दीर तथा एतिहासीक मस्जीदको नमुना निर्माण गरि प्रस्तुत गरिने आयोजकले सम्मेलनमा वताए ।मेलाको प्रचार प्रसार संचार माध्यम र पत्रकारहरुको अहम भुमिका रहेकोले धन्यवाद दिए ।

कृषि पर्यटन र औधोगीक हाम्रो अभियान आन्तरिक रोजगार र आत्मनिर्भर समाज हाम्रो पहिचान भन्ने नारा सहित हुन लागेको महोत्सव माघ १७ गते देखि २८ गते सम्म चन्द्रौटामा संचालन हुनेछ । महोत्सवमा कृषिजन्य पर्दार्थ, पर्यटकीय स्थलहरुको प्रचार प्रसार वुद्ध परिपथ , स्थानीय उत्पादनको प्रर्दशनी , राष्टिय तथा स्थानीय स्तरका कलाकारहरुको प्रस्तुती रहने आयोजकले वताएको छ । महोत्सवमा यसवर्ष आंखाको आंखी भौवाट दुई ओटा सम्म कुर्ची उचाल्ने , शरीर माथी गाडी चढाउने , कपालले गाडी तान्ने लगाएतका कला भएका व्यतmीको कलाकारीता हेर्नै अवसर पनि मिल्ने आयोजकको भनाई रहेको छ ।मेलामा २४० वटा स्टलहरु राखिएको आयोजकले जनाएको छ ।महोत्सवमा १० करोडको कारोवार हुने र १ लाख भन्दा वढी दर्शकहरुले अवलोक गर्ने विश्वास रहेको आयोेजक सस्थाका अध्यक्ष अलिले वताए ।

महोत्सवलाई सव्य भव्य रुपमा सम्पन्न गराउनको लागी विभिन्न समिति उपसमिति गठन गरी मेला अवधि भर ति समितिले पुर्ण रुपमा आफ्नो जिम्मेवारलाई पुरा गर्ने आयोजकले जनाएको छ । मेला एक रमाइलोको रुपमा मात्र नभई केहि अवशरहरु सिक्ने अवशर रहेकोले सवैलाई मेलाको अवलोक गर्नको लागी आयोजकले पत्रकार सम्मेलन मार्फत आग्रह गरेको छ ।मेलाको उद्धघाटन नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष तथा विशिष्ट सदस्य चण्डीराज ढकालले गर्ने छन ।