साउदी अरबमा नेपाली महिलाको मृत्यु - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

साउदी अरबमा नेपाली महिलाको मृत्यु



सरकारको श्रम स्वीकृतिमा सफाइ कामदार (क्लिनर) का रुपमा कुवेत गएकी रोल्पा, रातामाटा ४ पाखापानीकी ३३ बर्षीया चिन्ताकुमारी खत्रीको साउदी अरबमा मृत्यु भएको छ ।

खत्रीलाई दलालमार्फत कुवेत हुँदै साउदी अरब लगिएको थियो । उनको शव राजधानी रियादबाट झन्डै हजार किलोमिटर टाढा वादी अलदवासस्थित सरकारी अस्पतालमा राखिएको छ ।त्यस क्षेत्रमा कार्यरत एकराज कठायत, रामचन्द्र मैनाली र याम मगरले शवबारे नेपाली दूतावासलाई जानकारी दिएपछि खत्रीको अवस्था बाहिर आएको हो ।

नेपाली दूतावासका उपनियोग प्रमुख आनन्दराज शर्माले अस्पतालसँग मृतक चिन्ताकुमारीको साहु (स्पोन्सर) को नाम, मेडिकल रिपोर्ट र मृतक प्रमाणपत्र लिइसकिएको बताए ।

अस्पतालले उच्च ज्वरो भएको अवस्थामा खत्रीलाई उपचारका लागि ल्याएको जनाएको छ । अस्पतालको आईसीयूमा उपचार थालेको आधा घण्टामा खत्रीको मृत्यु भएको शर्माले बताए ।

चिन्ताकुमारीलाई कुवेतबाट साउदी ल्याउने स्पोन्सर (साहु) भने कुवेत फर्किसकेका छन् ।