छापा समाचार: यस्ता छन् आज छापिएका मुख्य समाचार
थप महत्वपुर्ण निर्णय गर्दै प्रधानमन्त्री देउवा : कान्तिपुर दैनिक
कमाचलाउ हैसियतमा जथाभावी निर्णय गरेर आलोतना खेपिरहेका प्रधानमन्त्रीले त्यसलाई थप निरन्तरता दिने संकेत गरेका छन् ।
त्यसलाई प्रतिबद्धता पुरा गरेको भन्दै उनले अनुचित लागे आउने सरकारले खारेज गरिदिए हुने बताएका छन् ।
निर्वाचन आचारसंहिता लागेयता सरकारलाई दैनिक प्रशासन चलाउनेबाहे थप संवैधानिक तथा कानुनी अधिकार छैन । तर, प्रधानमन्त्री शेरबहादुर देउवा निकै अघि बढेर राज्यको ढुकुटीमै दुरगामी असर पार्ने सस्तो लोकप्रियताका कार्यक्रममा अग्रस भईरहेका छन् ।
सुटुक्क ओली-प्रचण्ड वार्ताः के हुदैछ प्रगती ? : अन्नपुर्ण पोष्ट
पार्टी एकताको ‘निर्णायक’ छलफलमा रहेका एमाले माओवादी केन्द्र दुवै पार्टीका अध्यक्ष आआफ्नै रणनीतिमा देखिएका छन् ।
शुक्रबार बेलुका दुई अध्यक्षबीच भएको ‘गोप्य वार्ता’ पनि एकअर्कालाई मनाउने रणनीतिका कारण निष्कर्षमा पुग्न सकेन।
सरकार पहिले कि पार्टी एकता र दुई पार्टी अध्यक्षको पदीय व्यवस्थापनसम्बन्धमा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालबीचको छलफल टुंगोमा नपुगेपछि शुक्रबारको बैठक पनि निष्कर्षविहीन भएको माओवादी उच्च स्रोतले बतायो।
ओली-दाहाल शुक्रबार सुवास नेम्बाङ र रामबहादुर थापासँग बालकोटमा सामूहिक छलफल गरेपछि त्यहाँबाट बाहिरिएर ‘गोप्य वार्ता’ मा बसेका थिए। भक्तपुरस्थित एक व्यापारीको घरमा ओली(दाहालबीच अढाई घन्टा छलफल भएको थियो।
बिल आउँछ, पानी आउँदैन :अन्नपुर्ण पोष्ट
उपत्यका खानेपानी लिमिटेड जाउलाखेल’ ले अघिल्लो साता ललितपुर जिल्ला जनस्वास्थ्य कार्यालयमा एक लाख नौ हजार रुपैयाँको बिल पठायो।
१३ वर्षसम्म धारामा पानीको थोपा नझरे पनि यति धेरै रकमको बिल आएपछि कार्यालय प्रमुख झलक शर्मा पौडेलले असन्तुष्टि व्यक्त गरे। पौडेलले भने, ‘जनस्वास्थ्यको अफिस ०६१ सालमा स्थापना भएको थियो। त्यसपछि खानेपानी कार्यालयमा धारो जोडिदिन निवेदन दिएका थियौ धारो त जोडियो तर एक थोपा पानी कहिल्यै झरेन।’
वर्षौंदेखि कुनै जानकारी नदिई एकैपटक यति धेरै महसुल पठाएकोमा पौडेल आश्चर्यचकित भएका छन्।
उनले पानी कहिल्यै नछोडिएको हुँदा यो रकम मिनाहा गराइपाऊँ भनी खानेपानी कार्यालय ललितपुरमा पत्राचार गरेको तर जवाफ नआएको जानकारी दिए।
पारस शाहकोमा पनि उस्तै
तीन वर्षदेखि धापाखेल हाइटमा बस्दै आएका अन्तिम युवराज पारस शाहको आवासमा पनि खानेपानीको उही हालत छ। उनी बस्ने घरमा धारो छ तर पानी खस्दैन। उनको आवासनजिकै बस्ने एक स्थानीयका अनुसार पारस सधैं ट्यांकरको पानी किनेर खाइरहेका छन्। ‘शाहको घरमा दुई–तीन दिन बिराएर खानेपानीको ट्यांकर भित्रिएको देखिन्छ।
नेपालको वायु प्रदूषण स्तर ज्यादै खराब : कान्तिपुर दैनिक
नेपालको वायु प्रदूषणको स्तर विश्वकै खराब पाँच मुलुकभित्र रहेको एक अन्तर्राष्ट्रिय अध्ययनले औंल्याएको छ ।
विख्यात येले र कोलम्बिया युनिभर्सिटीले ‘वल्र्ड इकोनोमिक फोरम’ सँगको साझेदारीमा गरेको हालै सार्वजनिक ‘इन्भाइरोमेन्ट पर्फमेन्स इन्डेक्स २०१८’ ९ईपीआई० प्रतिवेदनअनुसार वायु प्रदूषण बढी भएका मुलुकमा नेपाल अग्रस्थानमा छ ।
प्रतिवेदनमा वायु प्रदूषणका हिसाबले नेपाल विश्वका १८० देशमध्ये १७६ औं स्थानमा रहेको उल्लेख छ । भारत र बंगलादेश नेपालभन्दा बढी प्रदूषितको सूचीमा छन् ।
प्रतिवेदनले वायु प्रदूषणलाई विश्वमै प्रमुख वातावरणीय स्वास्थ्यको खतराको सूचकका रूपमा व्याख्या गरेको छ । विगतमा गरिएका विभिन्न अध्ययनले पनि नेपाल काठमाडौं सहित भारत नयाँदिल्ली र बंगलादेश ढाका वायु प्रदूषणका हिसाबले अग्रस्थानमा देखाउने गरेका थिए ।
शीतलहरले भन्दा गरिबीले मार्यो : अन्नपुर्ण पोष्ट
यस वर्ष पनि शीतलहरले पूर्वी तराईका विपन्न बस्तीमा रुवाबासी छाडेर गयो। प्रदेश २ सहित मधेसका २२ जिल्ला शीतलहरबाट प्रभावित भए।
बाढीपीडित, किसान, बालबालिका, ज्येष्ठ नागरिक र दलित बस्ती उच्च जोखिममा परे। गृह मन्त्रालयको पछिल्लो विवरणअनुसार सप्तरी, सिरहा र रौतहटमा गरी ४८ जनाले ज्यान गुमाए। ६ वर्षयता शीतलहरबाट ज्यान गुमाउनेको संख्या ११६ पुगेको छ।
यस वर्ष पनि सरकारले शीतलहरको मारमा परेकालाई २ करोड २२ लाख रुपैयाँ बराबरको राहत वितरण गर्ने निर्णय गर्यो। एक जिल्लाबराबर १० लाख रुपैयाँको कम्बल, दाउरालगायत न्यानो सामग्रीसमेत बाँडियो। चिकित्सकले जाडोबाट बच्ने विभिन्न उपाय सुझाए।