कैलालीमा पेस्तोल सहित २ जना पक्राउ - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

कैलालीमा पेस्तोल सहित २ जना पक्राउ



कैलाली  । कैलालीको अत्तरियाबाट पेस्तोल सहित २ जना पक्राउ परेका छन । सोमबार विशेष सुुुुचनाको आधारमा प्रहरीले गोदावरी  नगरपालिका वडा नम्वर २ अत्तरियाबाट नट कटुवाल पेस्तोल सहित २ जना पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा २० बर्षीय चेतन कार्की र प्रबिन कठायत रहेका छन । ईलाका प्रहरी कार्यालय मालाखेति र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

दुबै जनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता तथा प्रहरी नायब उपरिक्षक वीर बहादुर बुढा मगरले जानकारी दिए । फाइल तस्बिर :-