सवारी दुर्घटनामा युवकको मृत्यु
बुटवल । तीब्र गतिमा मोटरसाईकल चलाउदा सवारी दुर्घटनामा परि रुपन्देहीमा एक युवकको मृत्यु भएको छ । तीब्र गतिमा मोटरसाईकल चलाएको करण रोक्न नसक्दा ट्राली ट्रयाक्टरमा पछाडी बाट ठोक्किदा रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ६ तेनुहवा निवासी १८ बर्षीय ईन्जामुल मुसलमानको ज्यान गएको हो ।
लुम्बिनी बिकास कोष पेरिफेरि सडकखण्ड गेट नं. ७ स्थित लोखरिया चौक देखि पडरिया चौक तिर गईरहेको लु २ त १०२६ नं. को ट्रयाक्टरलाई सोही दिशा बाट आउदै गरेको लु.५ प १९४१ न.को मोटरसाईकल मार्फत मुसलमानले उछिन्न खोज्दा तीब्र गतिका कारण मोडन नसक्दा ट्रलीको पछाडी भागमा ठोकिन पुग्दा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।
सोमवार बिहान साढे १० बजे भएको दुर्घटना पछि स्थानीयले गम्भीर घाईते मुसलमानलाई उपचारार्थ भैरहवा मेडिकल कालेज लैजाने क्रममा बाटोमा मृत्यु भएको ईप्रका लुम्बिनीका प्रहरी निरीक्षक पुरुषोत्तम रावतक्षेत्रीले बताए ।
चालक सहित ट्रलीट्रयाक्टर लाई प्रहरी नियन्त्रणमा राखी मृतकलाई भीम अस्पताल भैरहवामा पोष्टमार्टम गराई आवश्यक अनुसन्धान कार्य अघि बढाईएको प्रनि रावतक्षेत्रीले जानकारी गराए ।
मोटरसाईकल चालक मुसलमानले तीब्रगतिमा असावधानी पूर्बक मोटरसाईकल चलाउदा ब्रेक हान्न नसक्दा सीधै ट्रलीमा ठोक्दिा दुर्घटना भएको लुम्बिनी ट्राफिक प्रहरी पोष्टका प्रहरी हवलदार प्रकाश के.सी.को दाबी छ ।