रुपन्देहीमा अवैध १० किलो चरेससहित २ जना पक्राउ - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

रुपन्देहीमा अवैध १० किलो चरेससहित २ जना पक्राउ



बुटवल । रुपन्देहीको सैनामैनामा अवैध १०किलो चरेस सहीत २ जनालाई गत बिहिबार प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय सालझण्डीको प्रहरी टोलीले सैनामैना –११, उत्तरबरौलबाट १० किलो ८ सय ७० ग्राम चरेससहित रोल्पाको साविक राङकोट –७ रानीकोटका भागिलाल घर्ति र रोल्पा कै साविक तालावाङ –१ आरोबाका चन्द्रबहादुर घर्तीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले विशेष सुराकीको आधारमा सैनामैना –११ का हर्कबहादुर मल्लको भान्छा कोठामा खाटमुनि लुकाइराखेको अवस्थामा चरेस बरामद गरेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक दिपेश बस्यालले जानकारी दिए ।

पक्राउ परेका दुवै जना हर्कबहादुरको घरमा पाउना बस्न आएका थिए ।