कैलालीको बौनिया बजारमा प्रहरीद्बारा घरेलु मदिरा बरामद गरि नस्ट गर्‍यो - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

कैलालीको बौनिया बजारमा प्रहरीद्बारा घरेलु मदिरा बरामद गरि नस्ट गर्‍यो



कैलाली ।।
कैलालीको बौनिया बजार क्षेत्रबाट ईलाका प्रहरी कार्यालय बौनियाले शनिबार घरेलु मदिरा तथा मदिरा जन्य पदार्थ उत्पादनमा प्रयोग गरिने सामग्री बरामद गरेको छ ।

प्रहरी नायब निरीक्षक रामचन्द्र पन्तको नेतृत्वमा खटिएको टोलिले शनिबार बजारका विभिन्न होटलमा छापा हानी उक्त सामग्री बरामद गरेको हो । करिब १ सय लिटर बराबरको बरामद गरेको मदिरा ईलाका प्रहरी कार्यालय बौनियाले स्थानिय बुद्धिजीवी तथा पत्रकारको रोहबरमा नस्ट समेत गरेको छ ।

पछिल्लो समयमा बौनियामा अपराधिक क्रियाकलाप बढ्दै गएकाले अबैध मदिरा पनी त्यसको एक कारण बनेको भन्दै प्रहरी नायब निरीक्षक पन्तले होटलमा छापा हानी उक्त सामग्री बरामद गरेको बताएका छन ।

त्यस्तै प्रहरी नायव निरीक्षक पन्तले मंसिर २ गते पत्रकार लक्ष्मी जैशी माथि भएको सांघातिक आक्रमणको अनुसन्धानमा आफु लागी परेको र घट्नाको बारेमा इन्भेष्टीकेशन भैरहेको बताए । उनले कुनैपनी हालतमा पत्रकार माथि हमाला गर्ने अपराधीलाई कानुनी दायरामा ल्याएरै छाड्ने बताए ।