आन्दोलन झनै चर्कदै - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

आन्दोलन झनै चर्कदै



बुटवल । प्रदेश मुकामको विषयलाई लिएर विभिन्न जिल्लामा विरोध प्रदर्शन र आन्दोलन जारी छ । प्रदेश मुकामको विषयलाई धनकुटामा आन्दोलन चर्किएपछि बिहीवारदेखि लगाइएको कफ्र्यु दोस्रो दिन पनि जारी रहेको छ भने दाङमा चारदिन देखिको लगातार बन्दले जनजीवन प्रभावित भएको छ ।

प्रदेश नं १ को मुकाम धनकुटा नतोकिएको विरोधमा थालिएको आन्दोलनले उग्ररुप लिएपछि बिहीबारदेखि स्थानीय प्रशासनले कर्फ्यु लगाएको थियो ।

आन्दोलनकारीले केही सरकारी कार्यालयसहित प्रहरीको गाडी, दमकल र एम्बुलेन्ससमेत तोडफोड गरेपछि कर्फ्यु लगाउनु परेको स्थानीय प्रशासनले जनाएको छ । न्यूज २४ टेलिभिजनसँगको टेलिफोन संंवादमा प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीलेस्थिति सामान्य नभएकाले कर्फ्यु नहटाएको बताउनुभयो ।

उहाँले स्थानीयसँग छलफल गरेर मात्रै कफ्र्यु हटाउने जनाएको थियो । सामूहिक रुपमा भेला हुन नपाए पनि व्यक्तिले आफ्नो काम गर्न कुनै असर नपर्ने जनाइएपनि जनजीवन भने असामान्य बनेको छ ।

यता दाङमा आज चौथो दिनमा आम हडताललाई झनै कडा बनाउदा जनजीवन नराम्रो सग प्रभाबित भएको छ । बिहीवार १२ घण्टाका लागि खुला गरिएको भएपनि अहिले पुनः दाङ बन्द गरिएको छ । बिहानदेखि जिल्लाका मूख्य बजारहरु सुनसान छन् ।

आन्दोलका कारण सरकारी कार्यालय,गैरसरकारी कार्यालय,पसल उद्योग,शिक्षण संस्था समेत बन्द गरिएका छन् ।